‘रेड एडभाइजरी’ जारी भएका सडकमा राती सवारी चलाउन रोक

झक्तपुर। मनसुनका कारण उच्च जोखिम बढेसंगै जोखिमका सूचना जारी भएका सडकखण्डमा रात्रिकालीन सवारी चलाउन रोक लगाइने भएको छ। शुक्रबार गृहमन्त्रालयमा गृहसचिवको नेतृत्वमा बसेको सुरक्षा निकायका साथै सरोकारवाला निकायसँगको छलफलले जल तथा मौसम पूर्वानुमान महाशाखाले रेड एडभाइजरी जारी गरेका जिल्ला र क्षेत्रमा रात्रिकालीन सवारी चलाउन रोक लगाउने निर्णय गरेको हो। त्यस्तो व्यवस्था यातायात व्यवस्था विभाग र […]

यसरी हुँदैछ त्रिशूलीमा खसेको बस र यात्रुको खोजी

भक्तपुर -नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत सिमलटारमा पहिरोका कारण त्रिशूली नदीमा खसेका दुइटा बस र यात्रुको खोजी कार्य जारी छ । गएराति साढे ३ बजे भरतपुर महानगरपालिक-२१ सिमलतटरमा सडकमाथिबाट खसेको पहिरोसँगै दुइटा बस त्रिशूली नदीमा खसेका थिए। काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स लेखेको बस र वीरगन्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको […]

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज विश्वासको मत लिँदै

भक्तपुर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज शुक्रबार चौथो पटक विश्वासको मत लिँदैछन्। प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने प्रयोजनका लागि शुक्रबार बिहान ११ बजे प्रतिनिधि सभा बैठक बोलाइएको छ। एमालेले कांग्रेससँग सहकार्य गरी सरकार बनाउने निर्णय गरेर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले पुनः विश्वासको मत लिन लागेका हुन्। २७५ सदस्यीय प्रतिनिधिसभाबाट प्रधानमन्त्रीले विश्वास मत […]

कास्कीको पहिरो अपडेट: मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

भक्तपुर । गए रातिको पहिरोमा परी कास्कीका विभिन्न स्थानमा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । गए रातिको पहिरोमा परि पोखरा महानगरपालिकामा १० र मादी गाउँपालिकामा एक जनाको मृत्यु भएको हो । पोखरा –३२ चैनपुरस्थित बाह्रबिसेमा पहिरोको कारण तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने पोखरा –१९ पुरुनचौर तल्लाकोटका कुलबहादुर परियारको घर पहिरोमा पुरिँदा सात […]

भक्तपुर – ‘राष्ट्रिय ओप्सना म्युजिक अवार्ड २०२४’ सम्पन्न

भक्तपुर । ओप्सना फिल्म्स् प्रा.लि.द्वारा आयोजित पहिलो संकरण ‘राष्ट्रिय ओप्सना म्युजिक अवार्ड २०२४’ पूर्व सञ्चार मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा नाचघर जमलमा भव्यताका साथ सम्पन्न भएको छ । विशेष अतिथिमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति वरिष्ठ संगीतकार तथा गायक शम्भु राई, प्राज्ञ डा. किराँत लगायतका गीतसंगीत क्षेत्रका बिशिष्ठ व्यक्तिहरुको उल्लेखनिय उपस्थिति रहेको कार्यक्रमको […]

कर्णालीको झोलुङ्गे पुलको लठ्ठा चुँडिदा १४ खच्चड पुलमै फसे

भक्तपुर । अछाम र दैलेख दुई  जिल्लालाई जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको एकातर्फको लठ्ठा चुँडिदा सामान बोकेका १४ वटा खच्चड पुलमै बिहानैदेखि  फसेका छन् । पुलको लठ्ठा चुँडिएपछि अहिले दुई जिल्लाबीच आउजाउ समेत बन्द भएको छ । उक्त झोलुंगे पुलले सुदूरपश्चिम र कर्णाली प्रदेशलाई जोड्ने गर्दछ । पुलले दैलेखको आठबीस नगरपालिका ४ र अछामको पञ्चदेवल […]

काठमाडौंबाट हेटौंडा जाँदै गरेको कार दुर्घटना हुँदा तीन जनाको मृत्यु दुई घाइते

भक्तपुर – काठमाडौंबाट हेटौंडा जाँदै गरेको कार बुधबार अपराह्न साढे चार बजे मकवानपुरको भिमफेदी गाउँपालिका, जुरीखेतस्थित भिमफेदी कुलेखानी सडक खण्डमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। उक्त दुर्घटना तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिएका छन । काठमाडौंबाट हेटौंडा जाँदै गरेको बा ६ च ९३७९ नम्बरको कार अनियन्त्रित […]

गीतकार तथा सङ्गीतकार चन्द्रहाङ्ग राई ले ल्याए टेम्के मैयुङ्ग गीत

                बजारमा दिन प्रत्तिदिन गीत सङ्गीत आउने क्रम जारी छ । यस्तै माहोलमा एउटा नयाँ स्वाद लिएर आएको मीठो पुर्बेली लोकगीत दर्शक श्रोतामाझ सार्बजनिक भएको छ । यस लोकगीत लाई कुशल स्पस्टबक्ता मोटिबेटर साथै गीतकार प्लस सङ्गीतकार चन्द्रहाङ्ग राई ज्युले अत्यन्तै ठेट पुर्बेली भाकामा आफ्नै जन्मभुमि आफ्नै जन्मथलो […]

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना

भक्तपुर – नागरिकता सम्बन्धी कसुरमा गत मंगलबार पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन्। सिरोहियालाई शुक्रबार अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी भूवनेश्वर तिवारीले जानकारी दिएका छन । उनको स्वास्थ्यमा समस्या देखिएपछि जनकपुरस्थित काब्या अस्पतालमा भर्ना गरिएको उनले बताए । काब्या अस्पतालका अनुसार सिरोहियालाई राति १० बजे […]

आजको मौसम : देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव

भक्तपुर। अहिले देशमा पश्चिमी र स्थानीय दुई प्रकारका वायुहरुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत देशका केही पहाडी भू–भागहरुमा आंशिक देखि साधारणतया बदली रहदाँ बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको बताएको छ। विभागका अनुसार कोशी प्रदेशको केही स्थान र वागमती प्रदेशको पहाडी भूभागको केही भागमा हुरीबतास एवं चट्याङ, […]