भक्तपुर । काठमाडौँ महानगरपालिकाले महाराजगञ्ज र बालुवाटार क्षेत्रका फुटपाथमा मकै बेच्ने चेतेन्द्र आचार्य र सीता आचार्यको दम्पती माथि नगरप्रहरीमाथि हातपात गरेको अभियोगमा थप कारवाही गर्ने भएको छ । मकै बेच्दै गर्दा शुक्रबार काठमाडौं महानगरपालिकाको नगर प्रहरीले लछारपछार गर्दै ठेला उठाएको भिडियोले सामाजिक सञ्जालमा आए पछि विवादसंगै अहिले चर्चा पाएको छ । विभिन्न अन्तर्वाताहरुमा उनीहरुले नगर […]
दार्चुला । तुइन तर्ने क्रममा महाकाली नदीमा खस्दा १८ वर्षीय सचिन बुढाथोकी बेपत्ता भएका छन । दार्चुलाको ब्यास गाउँपालिका(२ दुम्लिङस्थित गोठाल घाटमा बुधबार तुइन तर्ने क्रममा तुइनबाट खस्दा उनी बेपत्ता भएका हुन् । तुइन तर्ने क्रममा तुइन चुँडिएपछि बुढाथोकी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । https://youtu.be/GTB4AotDXDw
भक्तपुर – चौतर्फी रुपमा विवाद भए पछि अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । आज प्रतिनिधि सभा बैठकमा बोल्दै उनले राजीनामा दिएका हुन् । अर्थमन्त्री शर्मा माथी बजेट बनाउँदा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दरमा हेरफेर गरेको आरोप छ। शर्मामाथि छानबिन गर्न आज प्रतिनिधि सभाले ११ सदस्यीय छानबिन समिति गठन गरेको थियो। सभामुखको पहलमा जुन छानबिन […]
भक्तपुर – नेकपा एमालेको भ्रातृ संगठन, राष्ट्रिय युवा संघ नेपालले अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ। बजेट बनाउँदा अनधिकृत व्यक्तिले करका दर हेरफेर गरेको भन्दै उनीहरूले अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न माग गरेका हुन् । अर्थ मन्त्रालयले बजेटलाई अन्तिम रूप दिने बेला (गत जेठ १४ गतेदेखि १५ गतेसम्म) सिसिटिभी फुटेजसमेत अभिलेखमा नरहेको […]
भक्तपुर – रामेछाप बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । रामेछापबाट रामेछापबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८६९६ नम्बरको बस मंगलबार बिहान लुभुघाटमा दुर्घटना हुँदा घटनास्थलमा नौ जना र तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो । ‘बस दुर्घटनामा नौ जनाको घटनास्थलमा र बाकी ३ जनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको […]
भक्तपुर – सुकुटे घुम्न आएकी एक युवती बलात्कृत भएकी छन् बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । असार १८ गते सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ९ सुकुटेस्थित सुकुटे बिचएड्भेन्चर क्याम्प रिसोर्टमा टेण्टमा सुतेकी महिला बलात्कृत भएकी हुन् । बलत्कार आरोपमा पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका १४ कलंकी बस्ने वर्ष १८ का प्रिन्स थपलिया, सोही […]
भक्तपुर – सरकारले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने निर्णय गरेको दुई साता पुग्न लाग्दा पनि अमेरिकालाई पत्राचार गरेको छैन । ६ असारमा बसेको मन्त्रिपरिषद् बैठकले एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई पत्र लेख्ने निर्णय गरे पनि हालसम्म पत्राचार नगरेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् । परराष्ट्र मन्त्रालयबाट आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता […]
भक्तपुर । गत असार १ गते सरकारलाई बुझाएको २२ बुँदे माग सम्बोधन नभएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारको विरोधमा मसाल जुलुस प्रदर्शन गरेको छ । शुक्रबार काठमाडौंको भृकुटिमण्डपमा मसाल जुलुससहित राप्रपाका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् ।
भक्तपुर – निर्वाचन आयोगको आज बसेको बैठकले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरेको छ । सो दल दर्ता गर्ने निर्णय गरेको आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले बताए । राष्ट्रिय स्वतन्त्र पार्टीले आयोगमा दिएको दल दर्ताको निवेदनमा चुनाव चिन्ह घण्टी राख्ने प्रस्ताव गरेपनि सो प्रस्तावमा केही परिमार्जन भएर सो दलको चुनाव चिन्ह […]
भक्तपुर – काठमाडौं महानगरपालिकाले एक सूचना निकालेर महानगरभित्रका क्षेत्रमा भिक्षा माग्न निषेध गरिएको छ । महानगर क्षेत्रभित्रका सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक गाडी र अन्य सार्वजनिक ठाउँमा भीक माग्न निषेध गरेको हो । उपत्यकामा केही बर्ढ देखि सडक तथा सार्वजनिक स्थानहरुमा साधु, सन्त, जोगी वा भिक्षुहरुको भिक्षा माग्नेको संख्या बढदै गएको […]