युएइलाई हराउदै नेपाल एसिया कपमा छनोट

भक्तपुर – एसीसी मेन्स प्रिमियर कपको विजेता बन्दै नेपाल एसिया कपमा छनोट भएको छ । एसिया कपमा छनोट भएसँगै नेपाल अब पाकिस्तानमा हुने एसिया कप खेल्न जानेछ । एसिया कपमा नेपालसँग एउटै समूहमा भारत र पाकिस्तान छन् । एसीसी मेन्स प्रिमियर लिगको फाइनलमा युएइलाई ७ विकेटले पराजित गर्दै नेपाल प्रतियोगिताको विजेता बनेको हो । फाइनलमा […]

युएईलाई हराएर इतिहास रच्ने दाउमा नेपाल

भक्तपुर । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज अन्तिम खेल घरेलु टोली नेपालले युएईसँग खेल्दैछ। टियु खेल मैदानमा बिहानदेखि सुरु हुने खेल नेपालका लागि जीत अनिवार्य छ। यसअघि नेपालले युएईलाई दुई पटक पराजित गरिसकेको छ। नेपाल पुन: युएईलाई पराजित गर्ने मनस्थितिका साथ आज मैदानमा उत्रँदैछ। नेपालले आगामी ४ वर्षका लागि एक दिवसीय मान्यता जोगाई सकेको छ […]

नामिबियाविरुद्ध नेपालको उत्कृष्ट जित, चार ब्याटरको आकर्षक पारी

भक्तपुर – घरेलु मैदानमा जारी आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले लगातार आफ्नो तेस्रो जित दर्ता गरेको छ । तेस्रो जित निकाल्ने क्रममा शनिबार नेपालले नामिबियाले दिएको २ सय ७५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४७.३ ओभरमा चार विकेट गुमाएर भेट्टायो । नेपाललाई ऐतिहासिक जित दिलाउने क्रममा आसिफ शेख, ज्ञानेन्द्र मल्ल र कुशल मल्लले […]

ज्ञानेन्द्र र आशिफको उत्कृष्ट अर्धशतकसँगै नेपालको रोमाञ्चक जित

भक्तपुर – युएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले सानदार जीत निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले जित हासिल गर्दै सिरिज २-१ ले आफ्नो पोल्टामा पारेको छ । । आज युएईसँग भएको तेस्रो तथा निर्णायक खेलमा युवा ओपनर तथा विकेटकिपर आसिफ शेख र अनुभवी ब्याटर ज्ञानेन्द्र मल्लको उत्कृष्ट […]

ईतिहास रच्दै नेपालले जित्यो साफ फुटबलको उपाधि

भक्तपुर – नेपालले बंगलादेशमा आयोजना भएको साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । शुक्रबार ढाकामा भएको डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै नेपाल च्याम्पियन बनेको हो । यससँगै नेपालले पहिलोपटक उपाधि जित्दै इतिहास रचेको हो। रोमान्चक खेलमा नेपालकी गोलकिपर तथा कप्तानी गरेकी सुजता तामाङले उत्कृष्ट प्रदर्शन गर्दै […]

सन्दिपलाई पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेश

भक्तपुर । नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका क्रिकेटर लामिछानेलाई आज जिल्ला अदालत काठमाडौंमा भएको थुनछेक बहसपछि पुर्पक्षको लागि थुनामा पठाउन अदालतले आदेश दिएको हो। न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको […]

सन्दिप लामिछाने प्रकरणः पीडित किशोरीको बयानमा के छ ?

भक्तपुर। नाबालिका बलात्कार अभियोगमा क्रिकेटर सन्दीप लामिछाने विरुद्ध १० देखि १२ वर्ष कैद सजाय माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ। सरकारी वकिलको कार्यालयले सोमबार काठमाडौं जिल्ला अदालतमा लामिछाने विरुद्ध मुद्दा दर्ता गरेको हो। लामिछाने विरुद्ध अदालतमा मुद्दा दर्ता भएसँगै सोमबारदेखि नै थुनछेकको बहस सुरू भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा […]

सन्दिप लामिछानेले बयानमा के भनेका छन ?

भक्तपर। क्रिकेटर सन्दीप लामिछाने विरुद्ध अदालतमा मुद्दा दर्ता भएसँगै आजदेखि थुनछेकको बहस सुरू भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आज अदालतमा सन्दिपको बयान पेश गरेको छ । बयानका क्रममा सन्दीपले आफु होटलको कोठा भित्र उजुरी दिने केटीसँग गफ गर्दागर्दै कुर्सीमै निदाएको भनेर बयान दिएका छन् । सज्दिपले बयानमा भनेका छन्, ‘ मैले मेरो मोबाइलमा […]

न्यायाधीशसामु सन्दीप लामिछानेले भने- जाहेरीवाला १९ वर्षकी युवती हुन्, नाबालिग होइनन्

भक्तपुर । बलात्कार आरोप लागेर यतिबेला न्यायिक हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेले आफूविरुद्ध उजुरी दिने युवती नाबालिक नरहेको जानकारी गराएका छन । सोमबार म्याद थपका लागि प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएका लामिछानेले न्यायाधीशसमक्ष जाहेरी दिने युवती नाबालिका नरहेको र उनी १९ वर्षकी युवती रहेकी जानकारी गराएका हुन्। सन्दिपलाई न्यायाधीशले घटनाबारे सोधेपछि जाहेरीवालाले आफू १९ […]