Fursad Times आइतबार, चैत्र ०८, २०७७

भक्तपुर । भागरथी हत्या प्रकरणमा नयाँ ट्वीस्ट आएको छ । भगरथीको हत्या अभियोग लागेपछि अनुसन्धानका क्रममा पुर्पक्षका लागि सुधार गृहमा राखिएका आरोपी दिनेश भट्टले आफू हत्यारा नभइ हत्याको प्रत्यक्षदर्शी साक्षी भएको दावी गरेका छन् । उनले आफूलाई ज्यान मार्ने धम्की दिएका कारण उक्त आरोप स्वीकार गरेको र आफू हत्यारा नभएको बताएको दिनेशका पिता दीपकराज भट्टले आइतबार महेन्द्रनगरमा पत्रकार सम्मेलनमा गरि बताएका छन ।

दीपकराजका अनुसार दिनेशले भागरती घटना देखेको र त्यसबारे कसैलाई बताएमा आफूलाई र परिवारलाई समेत मारिदिने धम्की दिइएपछि यसबारे कसैलाई नबताएको बताएका छन् । दिनेशले घटनामा संलग्न २ जना भएको भनेर बताएको कुरा उनका बुबाले पत्रकार सम्मेलनमा भताए । भागरतिको घटनामा एक जना गाउँपालिकाका कर्मचारी रहेको र अर्को एक जनालाई उनले नचिनेको बताएको दीपकराजले सम्मेलनमा खुलाए । उनका अनुसार दिनेशले कर्मचारीको नामै किटान गरेका छन् । तर, उनले पत्रकार सम्मेलनमा कर्मचारीको नाम खुलाएनन् । पत्रकार सम्मेलनमा दीपकराजले आफूहरुको परिवार असुरक्षित रहेको समेत बताए ।