Fursad Times शनिबार, चैत्र ०७, २०७७

 

भक्तपुर । सूर्यविनायक नगरपालिका १० चित्तपोलस्थित भित्री सडक खण्डमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ।

आमा छोरा सवार बाइकलाई टिपरले ठक्कर दिद आमाको मृत्यु भयो चालक छोरा भने सकुशल रहेका छन्। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार टिपरको ठक्करले सोलुखुम्बुको दूधकुण्ड गाउँपालिका ११ घर भई हाल काठमाडौं हात्तीगौडा बस्ने ५९ वर्षीया सीताकुमारी कार्कीको मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएकि कार्कीलाई उपचारको लागि भक्तपुर अस्पताल ल्याइएको थियो। चिकित्सकले उपचारकै क्रममा उनको मृत्यु भएको घोषणा गरेको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।