भक्तपुर । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता झलनाथ खनाल माधव कुमार नेपाल समूहलाई कारबाहीको भागीदार रहेको भन्दै उनीहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको स्थायी समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उनीहरुले निरन्तर गरिरहेको गतिविधि कारबाहीको लायक भएको समेत बताएका थिए साथै ओलीले एमालेको चुनाव चिन्ह र झण्डा कब्जा गरेर प्रचण्डलाई बुझाउने नियतले फर्केको हो भने त्यो सपना नदेख्न नेपाल समुहलाई चेतावनी समेत दिएका छन ।
नेपाल पक्षले गरेको राष्ट्रिय भेलालाई कम्युनिस्ट आन्दोलनको कलंक भन्दै त्यस भेलाका आयोजकलाई स्पष्टिकरण सोधिने बताए र यदि सच्चिएर आत्मालोचना गरेर आएमात्र सोच्न सकिने बताउदै नत्र कारवाहीको प्रक्रिया अघि बढाइने अध्यक्ष ओलीले प्रष्ट पारेका छन् ।