भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको बैठक आज बस्दै छ। (एमाले)ले केन्द्रीय कमिटी बैठक बस्नु पूर्व संसदीय दलको बैठक बस्ने भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संसदीय दलको बैठक विहान १० बजे बस्ने भएको छ। ओलि पक्षले संसदीय दलको बैठक सकिए पछि केन्द्रीय कमिटीको बैठक बस्ने तयारी गरे पनि केन्द्रीय कमिटी बैठकमा नेपाल समूह नजाने भएको छ । यस अघिको केन्द्रीय कमिटी बैठकमा पनि नेपाल समूह उपस्तिथ थिएन।
प्रधानमन्त्री ओलिको कार्यशैलीको विरोध गर्दै उनीहरुले अलगै भेला तथा बैठकहरु गर्दै आएका छन्। नेपाल समूहले फागुन २८ गते बसेको केन्द्रीय कमिटीको निर्णय खारेज गर्नु पर्ने लगायतका मागहरु राख्दै आएको छ।