Fursad Times बिहिबार, चैत्र ०५, २०७७

भक्तपुर । प्रधानमन्त्री ओलीले लेखेको गीत ‘स्वदेशमै रोजगारी’ बाट प्रधानमन्त्री ओलि सर्वोत्कृष्ट गीतकारको उत्कृष्ट ५ मा छानिएको छ । पावर इन्टरनेशनल मिडिया नेपालले गर्न लागेको ‘चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१’ को उत्कृष्ट ५ भित्र प्रधानमन्त्रीको गीत पनि पर्न सफल भएको छ ।

आयोजकले हालै एक कार्यक्रमका बीच अवार्डको ५३ विधाको मनोनयन सार्वजनिक गर्दा राष्ट्रिय भावको गीततर्फ उत्कृष्ट पाँचभित्र प्रधानमन्त्री ओलीले रचना गरेको गीत परेको छ । चलचित्रकर्मी मनोज भेटवाल, निर्देशक विश्वदीप घिमिरे र वरिष्ठ चलचित्रकर्मी लेखक, निर्देशक मोहन निरौलाले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्रीलाई प्रमाणपत्र समेत हस्तान्तर गरेका छन् ।

प्रधानमन्त्री ओलीको रचना रहेको ‘स्वदेशमै रोजगारी’ गीतमा मेलिना राई र शान्तिराम राईको स्वर तथा शान्तिराम राईकै संगीत रहेको छ भने भिडियोलाई मोहन निरौला ले निर्देशन गरेका हुन ।