Fursad Times बिहिबार, चैत्र ०५, २०७७

भक्तपुर  । २०७७ चैत ३ गते नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशी बितेको समाचार एकाएक भाइरल बन्यो । जोशीलाई मष्तिष्क घात भई नर्भिक अस्पताल भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पताल स्रोतले बताइरहँदा मृत्युको समाचार भने सामाजिक सञ्जालमा भाइरल भरै रहेको थियो । केही अनलाइन मिडियाहरुले उनको मृत्युको समाचार बनाएपछि त्यसैलाई आधार मानेर सामाजिक सञ्जालहरुमा समवेदना दिनेहरुको होड नै चल्यो ।

तर, चैत ४ गते बिहानै नवीन्द्रराज जोशीकै फेसबुकबाट उक्त समाचार गलत भएको खण्डन आयो । साथै  नर्भिक अस्पतालले विज्ञप्ती समेत सार्वजनिक भयो । जसमा अस्पतालले जोशीको अवस्था गम्भीर भएको मात्र उल्लेख गरेको छ । संसारमा धेरै चर्चित व्यक्तिहरुले मृत्युपूर्व नै श्रद्धाञ्जली पाएका छन् । नेपालमा पनि धेरै व्यक्तिहरुले जीवितै श्रद्धाञ्जली पाए । आउनु हामी यहाँ त्यस्ता ७ व्यक्तिहरुको बारेमा बताउदै छौ जसले  मृत्युपूर्व श्रद्धाञ्जली पाएका थिए ।

१.माधव प्रसाद घिमिरे
राष्ट्रकवि माधवप्रसाद घिमिरे पनि मृत्युको गलत समाचारको शिकार बनेका थिए । १९७६ साल असोज ७ गते लमजुङको जन्मेका राष्ट्रकवि घिमिरेको निधन १ सय १ वर्षमा भएको थियो । तर, त्यसअघि नै उनी बितेको समाचार बन्यो जुन समाचार रातारात भाइरल हुन पुग्यो।

२.गिरिजाप्रसाद कोइराला

मृत्युपूर्व नै श्रद्धाञ्जली पाउनेजरुमा नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला पनि थिए । वि.सं. २०६६ सालमा ८५ वर्षको उमेरमा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधन भएको थियो । बिरामी भएर थलिएका कोइरालाको त्यस समयमा पटक–पटक निधनको समाचार बन्यो जसले गर्दा धेरैले अग्रिम श्रद्धाञ्जली दिए ।

३.मनोज गजुरेल
चर्चित हाँस्य–ब्यङ्ग्य कलाकार मनोज गजुरेललाई कोभिड १९ ले थल्याएको बेला कोरोनाको कारण उनको मृत्युको खबर भाइरल भन्न पुग्यो जसले गर्दा धेरैले उनलाई सामाजिक सञ्जलबाट श्रद्धाञ्जली नै दिए । सशस्त्र प्रहरी अस्पतालमा आइसियूमा राखेर उपचार गरि रहेका उनको मृत्युको झुटो समाचार भाइरल बन्न पुग्यो तर यसलाई उनले  सकारात्मक रुपमा लिदै ‘पितापुर्खाले भनेझैँ आयु बढ्यो भनेर स्वीकार गरियो भनेका थिए ।

४.अम्बर गुरुङ
नेपाली राष्ट्रिय गानका संगीतकार तथा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति अम्बर गुरुङको निधनको समाचार पनि पहिला नै आयो । ईकान्तिपुर डटकमले समाचार प्रकाशित गरेपछि धेरैले उनलाई श्रद्धाञ्जली दिए । ७९ वर्षीय गुरुङको ग्रान्डि अस्पतालमा २०७३ जेठ २४ मा अर्थात समाचार प्रकाशित भएको भोलिपल्ट मात्र निधन भएको थियो । प्रेस काउन्सिलको कान्तिपुरलाई क्षमायाचना गर्न निर्देशन दिएको थियो ।

भरतमोहन अधिकारी
पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको ८२ वर्षको उमेरमा निधन भएको थियो  तर उनको पन निधन अघि नै मृत्युक्क समाचार बाहिरिए पछि उनलाई पनि धेरैले  श्रद्धाञ्जली दिइसकिएका थिए ।

लक्ष्मण श्रेष्ठ
खेलकर्मी लक्ष्मणकुमार श्रेष्ठको पनि निधनपूर्व नै श्रद्धाञ्जलीको समाचारका पात्र बन्न पुगेका थिए । श्रेष्ठको निधनपूर्व नै राष्ट्रिय खेलकुद परिषद (राखेप)ले विज्ञप्ती जारी गरेर ‘मृत आत्माको चिर शान्तीको कामना’ गरेको थियो । राखेपले विज्ञप्ती प्रकाशित गरेको भोलिपल्ट मात्र अस्पतालले श्रेष्ठको निधन भएको पुष्टि गरेको थियो ।

माथिका उदाहरण प्रतिनिधि पात्र मात्र हुन् । धेरैको निधनपूर्व समाचार बनेका छन् । नेपालमा मात्र होइन संसारभरी नै नाम चलेका मानिसहरुको सवालमा यस्ता गम्भीर गल्तिहरु समाचार बन्ने गरेका छन् ।