Fursad Times सोमबार, चैत्र ०२, २०७७

भक्तपुर । देशभर तीन दिनसम्म मौसम बदली हुने भएको छ। स्थानीय र पश्चिमी वायुको कारण देशका केही स्थानमा मौसममा बदली आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आँज दिउसो र राति
प्रदेश १,गण्डकी र कर्णालीसहित देशका पहाडी भूभागका केही ठाउँमा मेघगर्जनसहित चट्याङ र पानी पर्ने सम्भावना रहेको महाशाखाका बताएको छ । ३ गते मंगलबार कर्णाली, गण्डकी र प्रदेश १ सँगै बागमतीमा पनि पानी पर्ने महाशाखाले पूर्वानुमान गरेको छ।

बुधबार पनि प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका मेघगर्जन, चट्टयाङ्ग, हावाहुरीसहित पानी पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले बताएको छ।