Fursad Times आइतबार, फाल्गुण २३, २०७७

भक्तपुर । जोतिषशास्त्रको अनुसार प्रत्येक राशिको आफ्नै केही भावनात्मक रोजाई र खुबी हुन्छन्। केही राशिहरुमा सम्बन्धमा निक्कै मेलमिलाप पनि हुने हुन्छ भने राशिहरुबिचको सम्वन्ध एकदमै नराम्रो हुने र उनीहरु विचको सम्वन्ध कहिन्यै राम्रो नहुने हुनाले प्रेम र विवाह गर्न नहुने सुझाव दिइन्छ।

हेर्नुस यी राशिहरुबीच प्रेम वा विवाह गर्नु नराम्रो मानिन्छ ?

मिथुन र मकर: मिथुन राशिलाई मकरको जिद्दीपन र कुनै पनि कामलाई पूरा गरेरै छोड्ने बानी एकदमै मनपर्छ। यी राशिका व्यक्ति यति प्रभावित हुन्छन्, कि मकर राशिले जस्तै जीवनशैली बनाउँने प्रयास गर्छ। यस्तो अवस्थामा मिथुन राशिले आफ्नो अस्तित्व र आत्मविश्वास गुमाउँने गर्छन्।

मेष र वृश्चिक: मेष राशिका व्यक्ति वृश्चिक राशिलाई चाहेर पनि मनाउँन सक्दैनन्, टाढा पनि बस्न सक्दैनन् । मेष र वृश्चिकका राशिले चाहेर पनि प्रेम वा विवाह गर्न नहुने ज्योतिष शास्त्रको भनाई छ । एकतर्फी प्रेमले कसरी समस्या उत्पन्न गराउँछ भन्ने कुरा यी दुई राशिको जोडीबाट थाहा पाउँन सकिन्छ।

वृष र धनु: वृष र धनु राशिबीच प्रेम वा विवाह सम्बन्ध भएमा यिनिहरुको सम्बन्ध तहस नहस हुने सम्भावना हुन्छ । बृष राशिका व्यक्तिहरुको जीवनमा आफूले बनाएको लक्ष्य धनु राशिले परिवर्तन गराउँने अवस्थामा आउँछ । एकातिर धनु राशिकाले वृषका लाई पूरै परिवर्तन गराउँन चाहन्छन्, तर वृष राशिका परिवर्तन हुन चाहँदैनन् । यसरी यी राशिबीच तालमेल नमिल्ने हुन्छ ।

कर्कट र कुम्भ: कर्कट राशिलाई झुट मनपर्दैन, जहाँ कुम्भ राशिले भने सम्बन्धमा धेरै पारदर्शिता राख्नुपर्छ भन्नेमा विश्वास गर्दैन। त्यसैले, यी राशिबीच तालमेल नमिल्ने हुन्छ र यी बीचको सम्बन्धमा झमेला आउँने बताइन्छ ।

सिंह र मीन: मीन राशिका व्यक्ति आफ्नै दुनियाँमा व्यस्त रहने हुन्छन, जहाँ सिंह राशिका लागि भावना देखाउँनु र महसुश गराउँनेमा विश्वास गर्छ। यसरी आफ्नै दुनियाँमा रमाउने र अरुको भावनालाई कदर गर्ने दुई भिन्न राशिका व्यक्ती एक हुन सक्दैनन