Fursad Times आइतबार, फाल्गुण २३, २०७७

भक्तपुर । उडान भरेको विमानमा बिरालोले आक्रमण गर्‍यो । कुनै यात्रुले लुकाइछुपाई साथै लान खोजिएको आशंका गरिएको एउटा पाल्तु बिरालोले दुर्भाग्यवश अचानक पाइलटलाई नै आ क्रमण गरेपछि उडिरहेको विमानको आपतकालीन अवतरण गराउनुपरेको छ ।

बुधबार कतारका लागि उडेको विमानमा अचानक ककपिट भित्र छिरेका ती बिरालोले पाइलट र चालकदलका अन्य सदस्यहरूलाई हमला गर्न थालेपछि तत्कालै सो विमान सुडानको राजधानी खार्तुमस्थित विमानस्थलमा फर्काइनुपरेको सञ्चार माध्यमले जनाएको छ । न्युजका अनुसार खार्तुम अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको करिब आधा घन्टापछि त्यो बिरालोले विमानभित्र हंगामा म’च्चाएको थियो । बिरालोलाई समात्न खोज्दा असफल भएपछि विमानलाई आपतकालीन अवतरण गरिनु परेको थियो । अन्ततः त्यसबाट छुटकारा पाएपछि पुनः सो विमान आफ्नो गन्तव्यतर्फ उडेको थियो । विमानमा विरालो कसरी आयो वा कसले ल्यायो भन्ने खुलेको छैन तर, फोक्स न्युजले भने अघिल्लो रात नै कतैबाट बिरालो विमान भित्र छिरेको हुनुपर्ने अनुमान गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।