Fursad Times आइतबार, फाल्गुण २३, २०७७

आज श्री शाके १९४२ बि.स.२०७७ साल फाल्गुन २३ गते आइतबार इश्वी सन २०२१ मार्च ७ तारीख फाल्गुन कृष्णपक्ष नवमी तिथी मूल नक्षत्र सिद्धि योग तैतिल करण चन्द्रमा धनु राशिमा आनन्दादि योगमा सिद्धि योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु (ज्यो.प.सरोज घिमिरे)

मेष राशि : पारीवारिक सम्बन्धमा सुधार आ उनेछ । बोलिमा मधुरता छाउनेछ भने कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग पनि रहेको छ । साथिभाइको साथ र सहयोगमा नयाँ कार्यको प्रारम्भ हुनेछ भने आज तपाइलाई बिश्वासिला ब्यत्तीहरुबाट धोका हुन सक्ने योग रहेकोछ ।

बृष राशि : आज तपाइको बैबाहिक जीवनमा सामान्य मनमुटाब रहला । बाणी तथा स्वास्थ क्षेत्रमा ध्यान दिएको बेश हूनेछ । आफन्त बिच सम्बन्ध सुधार रहनेछ । गरीरहेको कार्यमा सामान्य तनाव उत्पन्न हुन सक्ने भएकाले शारीरिक आलस्यताले सताउनेछ ।

मीथुन राशि : जिवन साथिको सहयोगमा ब्यापार ब्यबसायमा राम्रै समय रहेको छ । त्क्पाइले विस्वास गरेका ब्यक्तिबाट बिश्वासघात हुन सक्ने योग छ । ब्यापार ब्यवसायमा समय खर्चिदा उत्तम रहनेछ भने आज तपाइलाईव पारीवारिक समस्याले भने सताउन सक्नेछ । मान्यजनहरुको सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन ।

कर्कट राशि : खर्च नियन्त्रण गर्न गारो पर्न सक्ला । आफन्त जनहरु टाढिन सक्छन भने मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ । आज तपाइको स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्ने भएकाले सावधानी अप्नाउनु होला । प्रतिद्वन्धीहरुले गरीरहेका कार्यमा सामान्य तनाव उत्पन्न गराउन सक्ने छन भने आज तपाइको सामाजिक कार्यमा समय ब्यतित रहनेछ ।

सिंह राशि : आफन्तको साथ र सहयोगबाट मन प्रशन्न रहला भने तपाइको वाणीको कारण साथि भाई टाढिन सक्छन । मानसिक तनावका कारण कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ । आय आम्दानिका क्षेत्रमा जुट्ने समय रहेकोछ । आफुभन्दा सानाको सहयोगबाट कार्य सम्पादित रहनेछन । रचनात्मक कार्यबाट लाभ प्राप्त रहनेछ ।

कन्या राशि : आज तपाइको ब्यापार ब्यबसायमा राम्रो समय रहेको छ । भोगबिलासमा मन जानेछ । आज तपाइलाई खुशिको खबर प्राप्त हुनाले मन प्रशन्न रहनेछ । साथिभाई तथा आफन्तको साथ सहयोगमा अधुरा कार्य सम्पादित हुनेछन । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । सभासम्मेलन जन्य कार्यमा सहभागीताको योग रहेकोछ ।

तुला राशि : कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ भने आज तपाइको यात्रामा सामान्य झन्जट आउन सक्छ । आफन्तको साथ छुट्नाले सामान्य चिन्ता सहनु पर्ला साथै तपाइले नजिक सम्झेका मित्रजनहरुबाट धोका मिल्ने सम्भाबना रहेकोछ । आज तापाइले कार्यक्षेत्रमा सामान्य तनाव भोग्नु पर्ने छ ।

बृश्चिक राशि : दाजुभाई बिच मनमुटाब रहन सक्ला । आज तपाइले कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला । सवास्थ्यमा समस्या उत्पन्न हुन सक्ने भएकाले खानपानका क्षेत्रमा सावधानि अपनाउनु उत्तम रहनेछ । सामान्य वादबिवादको झमेलामा फस्ने सम्भाबना रहेकोछ । आज तपाइले संचीत रकम समेत खर्चको योग रहेकोछ ।

धनु राशि : खानपानका प्रभाबले स्वास्थ्यमा सामान्य असर गर्नेछ । स्वास्थमा देखिएका समस्या बिस्तारै समाधान हुनेछन । कार्य क्षेत्रमा समस्या आउन सक्ने भएकाले सावधानि साथै गोप्यता अपनाउनु पर्ने देखिन्छ । जिवन साथिको सहयोगमा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त हुनेछ ।

मकर राशि : आज तपाइको सन्चित रकम खर्चको योग रहेको छ । कार्य क्षेत्रमा नोक्सान हुने भएकाले नयाँ कामको थालनि नगरेकै बेश होला । मनोरञ्जनका साधन खरीदका निम्ती सामान्य खर्चको योग बन्नेछ । तपाइका शत्रु बढने योग भएकाले साबधानी अपनाउनु होला ।

कुम्भ राशि : आज तपाइको मन थिरमा नहोला । गरिरहेको काममा त्यती मन नलाग्नाने सामान्य अप्जस आईपर्ने छ तर ब्यापार ब्यबसायमा राम्रो समय रहेको छ । अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित गर्दा उत्तम रहेकोछ । आज तपाइलाई नयाँ लगानि साथै आयमुलक कार्यका क्षेत्रमा खर्चीएको समय समेत उत्तम रहनेछ । आफ्न्तको साथ सहयोगमा बृद्धिहुनेछ ।

मिन राशि : आफन्तहरुसगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । आज तपाइले आफुले गरीरहेका कार्य सम्पादनमा निकै संघर्ष गर्नु पर्नेछ । सामाजिक कार्य साथै सभासम्मेलनमा सरीक हुने अवसर जुट्नेछ । समयमा सहि निर्णय गर्न सकिने छ ।