Fursad Times शनिबार, फाल्गुण २२, २०७७

भक्तपुर । थाइल्याणका एक मातापिताको अन्धविश्वासका कारण ५ वर्षका नाबालक जुम्ल्याहा दाजुबहिनी एक आपसमा विवाह गर्न बाध्य हुनु परेको छ ।  मातापिताले अन्धविश्वासका कारण उनीहरु पूर्वजन्ममा प्रेमी–प्रेमिका भएको विश्वास गरेर यसरी विवाह गरिदिएका हुन् । यी दुईको मार्च ४ मा थाइल्याण्डको नाखोन सी थाम्मरातमा रहेको आफ्नो घरमा विवाह गरिएको हो ।
यी दाजु बहिनीका अन्धभक्त मातापिताले यस्तो बौद्ध संस्कारको पालना गर्छन् जुन संस्कारअनुसार जुम्ल्याहाहरु पूर्व जन्मको सम्बन्धका कारण साथमा जन्मने विश्वास गरिन्छ । यी मातापिताले उनीहरुका छोराछोरी पूर्वजन्ममा प्रेमी–प्रेमिका रहेको तर उनीहरुको विवाह हुनुभन्दा पहिल्यै मृत्यु भएकोले उनीहरु एक ‘कर्म’मा बाँधिएर यो जन्ममा एकसाथ जन्मेको विश्वास गर्छन् ।

द सनको रिपोर्टअनुसार बालबालिकाका मातापिताले यदि जुम्ल्याहाहरुको सुरुवाती अवसरमै विवाह गरिएन भने उनीहरुको जीवनमा पूर्वजन्मको प्रेमका कारण संकट आउने विश्वास गर्छन् । यसरी जुम्ल्याहा दाजु बहिनीको विवाहमा आफन्त र इष्टमित्र पनि सहभागी भएका थिए भने एक बौद्ध भिक्षुले मन्त्रोच्चारणसहित उनीहरुको विवाह गराएका थिए ।

बालबालिकाका पिताले हामीले यो सबै हाम्रा छोराछोरी सुरक्षित रहनेछन् भन्ने सुनिश्चित गर्नका लागि गरेका हौं उनले गर्वसाथ भने ‘हामी विश्वास गर्छौं कि फरक लिंगसहित जन्मिएका जुम्ल्याहाहरुको विवाह गरिदिनुपर्छ अन्यथा पछि उनीहरुमध्ये एक जना बिरामी हुन्छन् । । हामीले हाम्रा छोराछोरी बिरामी होउन् भन्ने चाहँदैनौं र हामीले यो विश्वास पच्छ्याउँदा गुमाउनुपर्ने केही छैन ।’