Fursad Times शनिबार, फाल्गुण २२, २०७७

कुन राशिलाई प्रेम सम्बन्धमा कस्तो समस्या पर्छ हेर्नुस

मेश राशि : मेश राशिका जोडीको सम्बन्धमा समस्या आइरहन्छ तर कुनै पक्षले अलिकति मात्र समझदारी पुर्‍याएमा समस्या समाधान हुन समय लाग्दैन । यी राशि भएका व्यक्तिको सम्बन्धमा आएको समस्या चाडैं समाधान हुन्छ ।

वृष राशि : यो राशिका मानिसहरु प्रेम सम्बन्धमा सितिमिती पर्दैनन् । प्रेममा परेका यो राशिका मानिसको सम्बन्ध भने निक्कै बलियो हुने हुँदा चाहेर पनि छुटाउन सकिँदैन ।

मिथुन राशि : मिथुन राशिका ब्यक्ति आपसी समझदारी कायम राख्न सबै भन्दा उत्कृष्ठ मानिन्छन् । यो राशिका ब्यक्तिले प्रेमी प्रेमिकालाई साथ पनि दिन्छन् ।

कर्कट राशि : कर्कट राशि भएका ब्यक्तिलाई प्रेममा समस्या आइरहन्छ । यो राशिका व्यक्तिमा स्वास्थ्य समस्या हुने भएका कारण यो राशिका ब्यक्ति कम बोल्ने हुन्छन् । जसले सम्बन्धमा समस्या आइरहन्छ ।

सिंह राशि : सिंह राशिका ब्यक्तिको प्रेम निकटतामा मात्र सम्भव हुन्छ । टाढा हुने वित्तिकै यिनीहरुसँग सम्बन्धमा समस्या आउँछ । यो राशिका ब्यक्ति प्रेमी प्रेमीकासँग नछुट्टिनु बुद्धिमानी हुन्छ ।

कन्या राशि : कन्या राशिका ब्यक्तिको प्रेममा धेरै उतार चढाव आउँदैन । तर यो राशीका व्यक्ती आफ्नो प्रेम सम्बन्ध व्यक्त गर्न डराउछन ।

तुला राशि : तुला राशिका ब्यक्ति प्रेमलाई भन्दा प्रतिष्ठालाई महत्व दिन्छन् । जसले गर्दा कहिले काँहि प्रेम सम्बन्धमा समस्या ल्याउन सक्छ । कहिले काँहि उनीहरुको घमण्डले प्रेम नै टु क्रिन सक्छ भने कहिले भने अत्याधिक झुक्ने बानी समेत उनीहरुमा हुन्छ ।

वृश्चिक राशि : यो राशिका ब्यक्ति प्रेमको विषयमा निक्कै धेरै सोंच्छन् । हरेक सम्बन्धलाई उत्तिकै महत्व दिने गुण यो राशिका व्यक्तिमा हुन्छ । सोंच्ने बढी र प्रेम ब्यक्त कम गर्ने समस्या यो राशिका ब्यक्तिमा हुन्छ । यो राशिका ब्यक्तिको प्रेममा उतार चढाव आइरहन्छ ।

धनु राशि : धनु राशिका ब्यक्तिको प्रेममा समस्या आइरहन्छ । प्रेम, जीवन, निजी जीवन तथा कार्यक्षेत्रमा सन्तुलन मिलाउन नसक्दा यो राशिका ब्यक्तिले प्रेममा झन्झटको सामना गर्छन् ।

मकर राशि : मकर राशिका ब्यक्तिले घमण्ड देखाउने भएका कारण प्रेममा झन्झट ब्यहोर्छन् । यो राशिका ब्यक्तिले प्रेमी प्रेमीकासँग रवाफ देखाउँछन् । यसका कारण प्रेम सम्बन्धमा मधुरता समाप्त हुँदै जान्छ । यो राशिका व्यक्तिहरुमा झुक्ने गुण एकदम कम हुने हुन्छ

कुम्भ राशि : कुम्भ राशिका ब्यक्तिको जीवनमा सामान्य सामान्य कुराले पनि प्रेम सम्बन्ध गाढा हुने र सामान्य कुराले सम्बन्ध टुट्ने हुन्छ । यो राशिका ब्यक्ति प्रेममा नयाँ पन ल्याउने प्रयास गरिरहन्छन् जुन कहिलेकाँहि प्रेम टुट्ने कारण नै बनिदिन्छ । नयाँ पन खोज्नु नै सम्बन्ध अन्त्य हुने मुख्य कारण बन्छ ।

मीन राशि : मीन राशिका ब्यक्तिले प्रेमलाई अत्याधिक महत्व दिन्छन् । अनावश्यक महत्व दिने भएका कारण यो राशिका ब्यक्ति प्रेममा दुःखी भैरहन्छन् । आफ्नो निजी जिन्दगी र प्रेम तथा कार्यालय वा ब्यापारको बिचमा दुरी कायम राख्न सक्दैनन् र समस्या परिरहन्छ ।