Fursad Times शुक्रबार, फाल्गुण २१, २०७७

भक्तपुर । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको विद्रोही नेकपाबीच भएको सहमतिलाई क्रान्तिकारी आ’त्मसमर्पण’वाद भन्दै नेपाल कम्युनिष्ट पार्टी माओवादीले विप्लव महापतनको बाटोमा उन्मुख भएको आरोप लगाएको छ ।

सरकार र बि द्रोही नेकपाबीच भएको ३ बूँदे सहमतिलाई सो पार्टीले जनतामाथिको गद्दारी भनेको छ । सहमतिपत्र सार्वजनिक भएलगत्तै बिहीबार विज्ञप्ति जारी गर्दै सो पार्टीले विप्लव सत्ता स्वार्थमा लि’प्त भएको पनि दाबी गरेको छ । ‘केही उ’ग्रवादीले महापतनको बाटो रोज्दै धोकेवाज,जनतालाई आश्वासन दिएर गद्दार कालो बादलको टाङमुनि छिरी लम्पसार परेर आ’त्मस’मर्पण गरेका छन्’, विज्ञप्तिमा भनिएको छ,