Fursad Times शुक्रबार, फाल्गुण २१, २०७७

भक्तपुर । एक महिना अघि देखि हराएकी गुल्मी भाडगाउँकी २१ वर्षीया सम्झना बोहरा मृ त फेला परे पछि उनका बारेमा फैलाइएका सबै कुरा झुटो भएको खुलेको छ । घटनामा उनकै ससुरा पर्ने ब्यक्ति संलग्न भएको पत्ता लागेको छ ।

उनको सासुको पनि रहस्यम निधन भएको थियो । सासुको निधन भएको एक महिना पछि बुहारी पनि मृ त फेला परेकी हुन् । बुहारी सम्झनालाई घरमा आएका तीन जना युवकले संगै लिएर गएको स्थानियले बताएका थिए । घटनाको अनुसन्धान पछि त्यो हल्ला घटनामा संलग्नले नै त्यस्तो झुटो कुरा फैलाएको खुलेको छ । उनले घटना हुनु अघिल्लो दिन म अब हजुरको छोरासंग भेट हुन पाउँदिन होला भनेर सासुलाई समेत भनेको खुलेको छ । घटनामा संलग्न भएका ब्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ । त्यही रात तीन जना युवा घरमै आएको र रातभरी उनीसंगै र क्सी खा एर बसेर भोली पल्टै सम्झनालाई पनि साथमै लिएर गएको अभियुक्तले नै चलाएको हल्ला भएको खुलेको छ ।

‘बिहान रुखबाट घाँस झार्न लागेको बेलामा एक जना स्थानियले सम्झनाको शव फेला पारेका थिए । छिमेकी लालबहादुर खत्रीले घाँस झार्न लागेको बेला नराम्रो ग न्ध आएको थाहा पाएपछि स्थानिय जनप्रतिनिधिलाई बोलाएका थिए । उनीहरुले प्रहरीलाई फोन गरेर बोलाएपछि प्रहरीले हेर्दा शव फेला रहेछ’ छिमेकी लालबहादुर खत्रीले भने । घरनजिकै सय मिटर अगाडि झा डी मा टा उ को बोरामा राखेको र स्याउलाले ढाकेको अवस्थामा शव फेला परेको छ ।