Fursad Times आइतबार, फाल्गुण १६, २०७७

भक्तपुर । नेकपा प्रचण्ड–माधव समूहका नेता योगेश भट्टराई चढेको गाडीले रौतहटमा एक साइकल यात्रुलाई ठक्कर दिएको छ। आइतबार साँझ जनकपुरबाट हेटौंडा जाँदै गरेको भट्टराई सवार ज १ झ ४२७ नम्बरको गाडीले रौतहटको चन्द्रपुर नगरपालिका-४ स्थित पूर्वपश्चिम राजमार्गमा ठक्कर दिएको हो। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) सिद्धिविक्रम शाहका अनुसार साँझ सवा ७ बजे ठक्कर दिएको हो। गाडीको ठक्करबाट ५५ वर्षीय इन्द्रप्रसाद घिमिरे घाइते छन्। उनको उपचारका लागि चन्द्रनिगाहपुरस्थित सिभिल अस्पताल लगिएको थियो। उनको ढाड र छातीमा चोट देखिएको छ। सिभिल अस्पतालबाट उनलाई काठमाडौं रिफर गरिएको एसपी शाहले बताए। उनलाई एम्बुलेन्समा राखेर काठमाडौं ल्याइँदै छ। उनको सम्पूर्ण उपचार खर्च भट्टराईले नै बेहोर्ने एसपी शाहले बताए।
प्रहरीले गाडी र चालकलाई नियन्त्रणमा लिएको छ। नेता भट्टराई भने अर्को गाडीमा चढेर हेटौंडा गइसकेका छन्।