Fursad Times शनिबार, फाल्गुण १५, २०७७

भक्तपुर । काठमाडौको तारकेश्वरमा बर्डफ्लु पुष्टि भएपछि झन्डै साढे १५ हजार पन्छी नष्ट गरिएको छ । पशु सेवा विभागले काठमाडौमा वर्डफ्लु देखिएपछि ४ बुँदे अपिल जारी गरेको छ। विभागले शुक्रबार बिहान जारी गरेको विज्ञप्तिअनुसार काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १ मा रहेका व्यावसायिक र्फाममा पालिएका कुखुरासहित विभिन्न प्रजाति गरी १५ हजार ४६४ पन्छी नष्ट गरिएको हो। बर्डफ्लु देखिएको क्षेत्रका ५,६५७ लेयर्स कुखुरा, ७,२३६ ब्रोइलर कुखुरा, २,५०४ लोकल कुखुरा, ५० टर्की र १७ बट्टाई नष्ट गरिएको छ।