Fursad Times बुधबार, फाल्गुण ०५, २०७७

भक्तपुर । भागरथी भट्टको हत्यामा संलग्न भन्दै प्रहरीले भागरथी भट्टकै छिमेकी बैतडी दोगडाकेदार गाउँपालिका-७ का एक युवा रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्ति भागरथीसँगै सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्ने विद्यार्थी रहेको सुदूरपश्चिम प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिएका हुन । उनका अनुसार, ती व्यक्तिले ‘रिसिइबी’ का कारण भागरथीको बलात्कार र हत्या गरेको भनी बयान दिएका छन्। उनी अहिले जिल्ला प्रहरी कार्यालय बैतडीको हिरासतमा छन्।
माघ २१ गते बुधबार दिउँसो भट्टको हत्या भएको थियो।
‘हामीले केही व्यक्तिलाई निगरानीमा राखेका थियौं, तीमध्ये भागरथीकै छिमेकी युवाले बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन्,’ एसएसपी सिंहले भने, ‘भागरथीको हत्यामा ती व्यक्ति शतप्रतिशत संलग्न भएको प्रमाण प्रहरीले भेटेको छ।’ ती व्यक्तिको नाम बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने उनले जानकारी दिए। डिआइजी सुवेदी भागरथीको बलात्कार र हत्यापछि अनुसन्धानका लागि १० दिनदेखि बैतडीमा थिए।

 

https://youtu.be/dG2ouFM5vz0