Fursad Times शुक्रबार, माघ ३०, २०७७

भक्तपुर । एक सौतेनी आमाले २ वर्षको बच्चासँग झगडा भएपछि बच्चालाई जीउँदै उमालेकी छिन । जोर्डनकी ती महिलालाई यो अपराधको लागि २० वर्षको जेल सजाय सुनाइएको छ भने ती सौतेनी आमाको नाम खुलाइएको छैन । २ वर्षका सौतेनी छोरासँग चर्को विवाद परेपछि उनले ती बालकसँग बदला लिने निर्णय सोच बनाएर बच्चालाई त्यसो गरेकी हुन । अदालतको दस्तावेजका अनुसार उनले ती बालकलाई २०१८ को अक्टोबर १ का दिन उमालेकी थिइन् । ती सौतेनी आमाले बाथटबमा उम्लिरहेको पानी खन्याएर त्यही पानीमा बच्चालाई हालिदिएकी थिइन् । जब बच्चा आत्तिएर चिच्याउन थाले त्यसपछि उनले बच्चालाई त्यहाँबाट निकालेर नजिकको अस्पताल लगेकी थिइन् तर २ हप्तापछि बालकको मृत्यु भयो ।