Fursad Times शनिबार, माघ १७, २०७७

भक्तपुर । बिगत १२ बर्ष देखि नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले प्रदान गदै आएको कलाश्री पुरस्कारको चयनमा
वरिष्ठ साहित्यकार तथा कवि लक्ष्मी उप्रेतीलाई साहित्यिक पत्रकारलाई समर्पित बद्री राष्ट्रिय कलाश्री साहित्यिक पत्रकारिता पुरस्कारले सम्मानित गरिने भएको छ ।
साथै जेभियर इन्टरनेसनल कलेजको आयोजनामा आज विशेष कवि गोष्ठी सम्पन्न भएको छ । उक्त गोष्ठिमा कवि लक्ष्मी उप्रेती ज्युका कविता विभिन्न कविहरुले वाचन गर्नु भयोभने लक्ष्मी उप्रेतीले पनि ८, ९ वटा कविता वाचन र कविका कुरा जुम मिटिङ्ग बाट गरिएको थियो । जेभियर कलेजका केही विद्यार्थीहरूले पनि कविता वाचन गर्नु भयो। कार्यक्रम संयोजक दिपेन दाहालको संयोजकमा भएको उक्त कार्यक्रममा उहाँबाट वाचन भएका र अन्य कविहरुले बाचन गर्नु भएका उहाँका कविताहरु यस प्रकारका छन्।                                             कवि लक्ष्मी उप्रेतीद्वारा बाचन गरिएका कविताहरु            १ मेरो वसन्त

यो भेकमा कहिले काहीं मुरली बज्छ
सुनसान–सुनसान वातावरणमा
गीतको सुरिलो धुन सुनिन्छ
तिमीले उसलाई भेट्यौ भने
मैले चिनेकी छु भनिदिनू १
मैले माया लगाएकी छु भनिदिनू १

पर देखिएका
पहाडमुनिका सुन्दर दृश्यमा
सदासर्वदा आल्हदित पारेर
अविचल पोखिएको छ ऊ ।

आँखाको पर्दामा नदेखेको भएर के भो र १
मनको आल्हादमा छाप बसेको छ
उसलाई नबिर्सने गरी
मनमा सजाएर मुटुले टाँसेकी छु

ऊ भनेको–
मेरो अङ्कुरित यौवनको
प्रथम प्रेमी हो
जीवनका कटु क्षणहरूको
मीठो सम्झना हो
सृजनामा आईरहने
ऊ मेरो वसन्त हो ।

१ अस्ताउँदो सूर्य

एक सप्को आँचल बादलसँग पैँचो लिएर
अलिकति लुकेछ सूर्य लुक्नु उसको प्रकृति हो

स्रप्रदित प्रतित बनेर
कहिले सर्वाङ्ग हुँदै बगिदिन्छु ऊ
सलल आँखैभरी मृदुल भावनाको
अदृश्य आस्था बनेर

सूर्य यसबेला लुक्ने प्रयासमा
पश्चिमी क्षितिज पारीको आकाशमा
बादलका सप्काको रक्ताम्य रंग छरेर
सुप्रदिप्त क्षितिज मुस्कुराइरहेछ ।

आहा ! सुनौला हिमालका श्रृखंलाहरु
कस्तो दशा यो मेरो मनको
कि यो अतृप्त चााहना हो सृष्टिको
कि आनन्दको अनुभूति हो दुष्टिको
या अमूल्य प्राप्ति हो समयको
कि लोभलाग्दो उपज हो प्रकृतिको ।।

२.समर्पण

जीवन बन्धकी राखेर उज्यालो आस्था खोजेथें
सहारा पाएर तिम्रो जीत भेटेथें अभावमा
आज पनि म बाँच्छु हाँसेर
तिमीसँग नै सापट लिएर सम्झनामा तिमीलाई ।

मैले जीवन हार्न पनि सकिनँ, जित्न पनि त सकिनँ
हार र जीतको दोसाँधमा रित्तो बनेको छु
समय विडम्बनाजस्तो निस्तेज छ
म खोज्दैछु उमार्न एउटा जिन्दगी तिम्रै सम्झनामा ।

ममाथि समयले छल ग¥यो
म तिम्रो आँसु रुदै तिम्रै अस्तित्वमा गासिँएर
भावना र कल्पनामा निस्तो जीवन बाँच्दै निख्रिरहेँ।

म शब्द–शब्दमा समयका सुसेली लेख्छु
मैले लेख्ने शब्दहरू तिम्रै थिए
तिमीसँगै मैले सापटी लिएकी थिएँ
जब तिमीले मसँग शब्द माग्यौ
मैले बन्धकी राखेर आफैलाई समर्पण गरेँ ।

यी शब्द र अर्थमा
मैले जविनको अपेक्षा के गर्नु र ?

३. जीवन पीडा

अप्राप्यको पराकाष्ठा भोग्दैछु कि
भोग्दै छु जीवन
लाग्छ, मलाई मृत्युले भेटिरहेछ

जीवनको कुन पललाई
खुसीको क्षणमा अनूदित गरौं
निद्राविहीन आँखाहरूमा
बल गरेर सपना बुनिरहेछु एकतमासले

हिजोको पल खोज्ने प्रयासमा
स्मृतिमा छचल्किदै तिम्रो सामीप्य सोचिरहेछु

खै, कति दिन छल्नु र आफूलाई ?
जीवन त सम्झौता रहेछ आखिरमा
अघि र पछि बीच बाँडिनु पर्ने
यो खुसी र पीडाको कत्रो अन्तर।

अझ कति भोगाउँछौ यो अप्राप्यको पराकाष्ठा
वा तिम्रो अभिमानको उत्कर्ष
भो अब नझुक्याउ मलाई ।

४.प्रिय पात्र

आवरणको परेलीमा आफूलाई थन्क्याएकी छु
चह¥याइरहेछ तिम्रो स्पर्श

हामीबीच एउटा रित्तो आकाश छ
हावा बहेको छ एकतमासको
विभाजनको कुनै पर्खाल छैन
मुटुको अन्तर कुन्तरमा एउटा नमीठो चोट
हरक्षण हरपल
तिम्रो उपस्थितिमा अनुपस्थितिमा
लागिरहन्छ, लागिरहन्छ

माधुर्य हराएको जलपजस्तो
मभित्रको अनुभूति शब्दमा खै कसरी व्यक्त गरौं ?

जीवनको मोडमा तिम्रो छाया भोग्दै छु
कि पराजित भ्रम भोग्दै छु
मृगतृष्णा तिमी कसरि भयौ
कसै गरे पनि भुल्न सकिन मैले
अवसादित, अनिर्णायक विभ्रम यात्री तिमी
जीवन भोगाइका अभिव्यञ्जना !!

आखिर तिमी नै त भयौ नि
मेरो एउटा सजीव कथामा गाँसिएका प्रिय पात्र ।

५. जीवन तमासा बनेछ ।

रित्ता छन् सहरहरू
मानिसका सपना निलेर कैदी बनाउने
यो समयको अपत्यारिलो चालमा
शून्यताको कोलाहल चर्को छ।

उडिरहेछन् चराहरू
फर्कने हुन की हैन थाहा छैन
चराहरूसँगै उड्न खोज्ने मनहरू
कोठामा गुमसुम उदास उदास
जीवनको कुनै टुङ्गो छैन्
एकान्तबास अत्यास लाग्दो छ
सम्बन्धका न्यानो कलेवरको सौन्दर्य
एकाएक टुंगिए उफ !

कठाङ्ग्रिने चिसो छ
शितलहरी नै चलेछ शहरमा
तर, किन आगोको फिलुङ्गोले
डामेजतिकै रापिलो वाफ फैलिएको ।

हरे, जीवन तमासा बनेर
आफन्तको विदाइमा निर्घात चोट सहिरहेछ ।

६. परिभाषा भन्दा पर

भावशून्य मनस्थिति छियाछिया छ
भित्र कतै एकतमासले दुखिरहेछ,
यो कस्तो पीडा र कस्तो अप्राप्य स्नेहको ?
मायाले बिझाएका अधुरा तिर्सनाहरू छन्
मानसपटलमा कतिकति सम्झनाहरू छरपष्ट छन्
कसलाई भनुँ अपुरा, अधुरा रहरका काढाँले धोचेर
बिचलित यो पलको दुख ?

अहो ! विपना नहोस यो सपनी
स्नेहको अविरल वर्षाले निथ्रुक्क झिभेथें
समय साक्षी छ निर्भीक र निर्धक्क हुदै
हृदयको भाव प्रकट गरेको त्यो क्षण आहाँ !

जीवन एकाएक आलोकित भयो
मायालु स्पर्श मेरो लागि अपरिमित सौन्दर्य
यो जीवन त आमाबुबाको उपहार हो ।

मेरा बुबा, मेरा जीवनका सन्जीवनी
मेरा बुबा मेरो मार्गका उज्याला संभावन,
जीवनको सुन्दर सरगम
परिभाषाभन्दा धेरै पर
तर मेरो मनको धेरै नजीक मेरो बुबा

७. सुन्दर कृति ।

संसारको सुन्दर कृति मेरा लागि
मेरी आमा हो।
तर ,
मैले पढ्न नै पाइन ।

मलाई
सधै एउटा सपना जस्तो बिपनाले
झस्काईरहन्छ झस्काईरहन्छ।

त्यो ,
अमूर्त बिम्बसँग बारम्बार प्रश्न गर्छु,
गरिरहन्छु ।

आमा ,
सपनामै सही फेरि तिम्रो स्पर्शको
एक निमेष समय
स्विटर उधार्दै मागीरहेछु ।

८. खुसीमा दुख्ने पीडा !

म आँसु खसाली रोएको होइन
खुसीमा उम्लिएछ मनको दह !

नरोए पनि नदी भित्रबाट बग्दोरहेछ
खुसीमा पनि पीडा दुख्दोरहेछ

मुटु आँधीबेहरी बनि छट्पटिन्छ
जीवन थकित थकित हुन्छ
रमाएर हाँस्न खोज्छु खुसीले
हाँसेर पनि पीडा दुःख्छ भित्र कतै

सहन्छु सम्हालिंदै आफूलाई
फेरि पनि थाहै नपाई खुसीले आत्तिन्छु
नसा सगबगाउँछ, थरथराउँछ मस्तिष्क सबै
बिथोल्छ मन कहीँ थन्क्याउने ठाउँ छैन
अलिकति खुसी साटेर पीर बाढ्ने कोही नहुदा
हाँसोमा उम्लिएको मनको बह ।

म आँसु नरोएर खुसीमा बगिरहेछु भित्र भित्रै
सत्य ! यसबेला म खुसिले रोमान्चित छु
तर अचम्म
खुसीमा पनि एक्लै रमाउन नसकिने रहेछ ।।                                                                                                              अन्य कविद्वारा वाचन गरिएका लक्ष्मी उप्रेती ज्यु का कविताहरु

कवि दिनेश राज सुबेदी 
१. पानी फूल।

अशान्त छटपटिका आवेगहरु
पानीले निल्दै ओकल्छ
पानीकै सतह पानी, पानी
लहरिएर फुरफुराउदै बगेको दृष्य
सुन्दर, स्नग्धि, स्वच्छ फिजारिएर बोकेको आकाशमा
त छाड मछाड गर्दै भुल्काहरु उफारेर पानीले
उमार्छ सेता सेता पानीका फूलहरू।

अग्लिएर, होचिएर बग्दो छ निरन्तर
विस्तारै विस्तारै आफ्नै लयमा झर्दै झार्दै
पानी फूल, फूल पानी
उचाईबाट सतह बग्छ, क्रमश ः बगिरहन्छ ।

यो अशान्त, यो आतुरता
सलल सलल एकाएक किनारामा ठोक्किदै
फर्कने तरखरमा लहसिन्छ
छरेर फिजमा रंगीन उन्मादहरु छरपष्ट
बटुलेर आप्mना अवयवहरू
पानीकै समागममा अटाएर गइरहन्छ, आइरहन्छ ।

२. गोधूलि धुन

शब्दलाई नसोध गोधूलिको मर्म
गोधूलि रङ्गमा अस्तव्यस्त, असरल्ल
नित्य गति दिएर आफ्नै लयको सौन्दर्य खन्याइरहेछ ।

अन्धकारको भयबाट त्रसित हुँदै
सुरक्षित बासस्थानमा पुग्न
चरन छाड्दै हूलका हूल वस्तुहरू फर्करहेछन्
चराहरू गुडमा पुग्न चिरबिराउँदै उडिरहेछन्
कीटपतङ्गहरू उड्दै, गुड्दै र बग्दै छन् सलल
मानिसहरू दिनभरिको थकान परिवारसँग साट्न
लालायित भएर हतारिदा छन्

उज्यालो, दिनको सृष्टि हो भने
अन्धकार पनि रातको सृष्टि हो
यही सृष्टिमा नै त सौन्दर्यको राग छ
सत्यम्, शिवम्, सुन्दरम्को भावमा
सौन्दर्यको आआफ्नै अर्थ छ ।

जीवन धुनमय र गतिमय छ
सुन्दरताको पनि नाम हुन्छ र ?

कवि गोपीकृष्ण प्रसाई
३.हाङ्पाङ

हाङपाङ मेरो जन्मस्थल
मेरी आमाको विश्रामस्थल
हाङपाङ जीवनमा खुसी र दुखका स्मृतिचित्र ।

मेरो जन्मबारे म अनविज्ञ छु
आमाको मृत्यु धमिलो झझल्को बनेर
दुखाउँदै स्मृतिमा आइरहन्छ
जब जब म उदास उदास हुन्छु
र, पिरोलिरहन्छ मलाई तब धुमील सम्भभनाले ।

म, जब जब आमालाई सम्झेर दुख्छु
तब तब ती पलको माया लागेर आउँछ
मायाको आगोले आहत हुन्छु ।

आमा नहुनु जीवनमा
अनौठो रिक्तताको खाडल पर्नुु रहेछ
आमाको स्पर्श मात्र पनि जीवन जित्ने शक्ति रहेछ
त्यही शक्तिबाट परास्त मलाई हाङपाङ नै प्रिय लाग्छ ।

मेरो जन्मभूमी मेरी, आमाको विश्रामभूमी
जहाँको माटोमा मेरी आमाको सुगन्ध रोपिएको छ ।
मेरो जीवन प्रारम्भको लय गासिएको छ
मेरो प्रिय हाङपाङ ।

४.चराहरू आफ्नो काम आफै गर्छन्

बिहानै बचेरालाई गुँडमा छाडेर
चराहरू चारो खोज्न टाढा–टाढा जान्छन्
भेटेको चारो आफू पनि खान्छन्
र , बचेराका लागि पनि चुच्चोमा च्यापेर ल्याउँछन्
आफ्नो भाषामा सल्लाह गर्ने चराहरूमा पनि माया हुँदो रहेछ
खुसी हुँदा गीत सुसेल्छन् रिसाउँदा चिरबिराउँदै कराउँछन्
मिलेर उड्ने, बस्ने र खाने गर्छन् ।

कोहीसँग डराउँदा भुर्र उड्दै भाग्ने
संवेदनाको मन पनि हुँदो रहेछ यिनीहरूको
बचेरा कोरल्नु अघि तनमनका साथ
आफ्नो गुँड बनाएर व्यवस्थित हुने
चेतनाका सौन्दर्य शिल्पि यिनीहरू ।

छल, कपट, रिस, इश्र्या, लोभ नगरी
स्वतन्त्रताको उमङ्गमा पखेटा फटफटाई
हुल बनाएर उड्दै उड्दै कहिले आकाश हुन्छन्
उनीहरूले आफैँ आफ्नो आकाश भेट्छन्
आफ्नो धरातल आफैँ बनाउँछन्
दिन पुगेपछि एकदिन ढल्छन् र
सृष्टिको नियममा यिनीहरू आवद्य हुन्छन्
के मृत्युलाई स्विकार गर्ने हामीसँग यी चरा जती हिम्मत छ ?

प्राज्ञा उन्नति बोहोरा शीला
५. उज्यालोको खोजीमा

जीवन,
स्मृतिको अपत्यारिलो आगोमा
जल्दै निल्दै हराइरहेछु एकतमासले
सम्बन्धका पर्दा टाँगेर मिथ्याले सजाईरहेछु
उज्यालोको खोजीमा ।

जलप हराएको सम्बन्धको कसीमा टल्किएर
पृथक पृथक हुनुको अर्थमा गाँसिनु
अनर्थमा मुटु चिथर्दै सुमसुम्याउनु रहेछ ।

सम्झना बिर्सनै नसक्ने समय रहेछ
मायाको तीतो यथार्थ भयानक दुख्दो छ
कर्तव्यको बन्धनबाट अलग्गिदै
हुनुमा नहुनुको भाव प्रक्रट गर्ने
म, बाँचेको त्यो समय चर्चराउदो छ ।

कहिले काममा माम साट्नु
कहिले नाममा दाम नाप्नु
हरे ! यो पलको अदृश्य घाउ बल्झदो छ ।

जति भर्न खोज्यो समयको
यादले खाडल गहिरिदो छ
तिरष्कारको रापले डामिएर
जीवनका यात्रा गरे पनि उनकै यातनामा दुखेर
चेतनामा छटपट्टिदै ब्यूँझनु समयको मीठो प्राप्ति रहेछ ।

म, जीवनपथमा यो सम्बन्धको कटुताबाट हार नखाई
स्वाभिमानको पहाड उभिएर
यसबेला एकतमासले आभा उमारिरहेछु ।

५. स्मृति खोज
उधारो मागेर समय
अलिकति आफूलाई खोज्दै छु स्मृतिमा

अहो
कस्तो तिर्सना हुदो रैछ जिन्दगीको
यौवनको सुन्दर स्मृतिहरु
मृगतृष्णा बनि जिस्किरहेछन आफुसंग नै
म भने नरित्तिने सम्झना समयमा फर्काउ“दै
भ्रमित सपना हेर्न खोजीरहेछु सायद

परिचयको कसिमा उभिएर चुपचाप चुपचाप
शून्यतामा छरिंदै छरपस्ट
हरेक पल समयसंग मर्दै बा“च्दै
जोड घटाउको हिसाबमा अल्झिनु
फगत निख्रार्नु मात्र त रहेछ जिन्दगी
बेहिसाब बा“चेर बिताउनु रहेछ जिन्दगी ।

जिन्दगी रमाउने प्रयत्नमा
सम्झनाका समय पल्टाउ“दै
आफूलाई खोज्दैछु स्मृतिमा
भेट्नु र खोज्नुको यो यात्रा
कहाँ र कसरि पुरा हुन्छ थाह छैन मलाई ।

कवि लक्ष्मी रूम्वा

६.रत्नपार्कमा उभिएर ।

कहिले ,
जुलुसको झुन्ड हेरेर दम्भ गर्छ
कहिले नारा र भाषणको आवाजमा थर्किन्छ
पैदल यात्रीका लात र वाहनका चाप सहदै
पेटीका ब्यापारिहरूको आश्रय बनेर
भीडमा कोलाहलको गीत गाउँछ।

जीउनुको जिजिविषामा मधुमास फुलाउँदै
सडक गल्ली र पेटीमा वृक्षको उचाइबाट
असरल्ल बैजनी फूल ओकल्दै
धर्तीलाई उदिप्त बनाएर वैंश फुलिरहेछ ।

आहाँ !
यो अनुरक्ति पल
मधुहोस भरेर नशालु गीत गाउछ
झरीमा रूझ्दै र घामको तापमा रापिदै
सौन्दर्यको रंगले धर्तीलाई चुमिरहेछ
बैजनी फूलको गलैँचामा जीवन स्पर्श
यसबेला स्निग्ध शान्त छ ।

उफ !
रत्नपार्क तिम्रो नियति
दृश्य , स्पर्शको सौन्दर्य भन्नै नसकिने
समयको तरङ्गमा उभिएर उदाङ्गो
निस्फ्रीकी बाँचीरहेकी स्वास्नीमान्छे जस्तै ।

७.पीडा उत्सव

तिमीलाई नसम्झनु
म रिक्तिनु हो सायद

जीवन रिक्तिदै बाँच्नु
तितो सत्य स्वीकारर्दै
मुटु दुख्दै स्मृतिमा बग्नु हो सायद

यसबेला
आफूलाई खोज्दै
आफै भागिरहेछु
आडम्बरको पासोमा अल्झिएर
मान्छे हुनुको बाध्यतामा

यसबेला
म तिम्रो सभ्झनामा
तिम्रै यादको विष पियर
पीडा उत्सव मनाइरहेछु
तिमीलाई विर्सने बाहनामा ।                                                 उक्त

नाम पुरै लेख्नु न।
कवि दिनेशराज सुवेदी
प्राज्ञ उन्नती बोहोरा शीला
कवि गोपीकृष्ण प्रसाई
कवि लक्ष्मी रूम्वा
उक्त कार्यक्रममा  कवि इन्द्रकुमार श्रेष्ठले लक्ष्मी उप्रेतीको परिचय र कार्यक्रमको उद्देश्य प्रश्तुत गर्नु भयो।