Fursad Times शुक्रबार, माघ १६, २०७७

सर्लाही — ट्रान्सजेन्डर नेपाली मोडल अन्जली लामाले हलिउडमा डेब्यू गर्ने भएकी छन् । ६ भागमा निर्माण हुने ‘वुमन स्टोरिज’मा ज्याकलिन फर्नान्डिज, मार्सिया गे अभिनेत्री हार्डेन अञ्जली लगायतको अभिनय रहनेछ । यो फिल्म ज्याकलिनको पनि हलिउड फिल्म हो । विभिन्न देशका महिला निर्देशकहरुले निर्देशन गर्ने फिल्ममा कलाकार पनि महिला नै रहने डेडलाइनमा समाचार उल्लेख छ । फिल्मको छायांकन इटाली, भारत र अमेरिकामा गरिने बताइएको छ ।

ज्याकलिन र अन्जलीको अभिनय रहने कथाललाई भने लीना यादवले निर्देशन गर्ने बताइएको छ । उनले यसअघि ‘पार्च्ड’, ‘तीन पत्ती’, ‘शब्द’लगायतको फिल्म निर्देशन गरेकी छन् । ‘क्यामेरा र क्यामेराभित्रको महिलाहरुको कथा उनीहरु दृष्टिकोणबाट आउन भनेर हामीले महिला निर्देशक रोज्यौं,’ निर्माता मध्येका एक कम्पनी ‘वी डु टुगेदर’ले भने ।
भारतमा मोडलिङ गर्दै आएकी उनी ‘भोग’, ग्राजिया अवार्डबाट सम्मानित भइसकेकी छन् ।