Fursad Times बुधबार, माघ ०७, २०७७

भक्तपुर , बिगत लामो समय देखी सिधकुरा जनता सँग नामक टिभी कार्यकर्म संचालन गर्दै आएका संचारकर्मी रबि लामिछानेले न्युज २४ छोड्ने भएका छन ।
उनको भावुक स्टाटस यस्तो छ
“भोलि प्रशारण हुने कार्यक्रमसँगै News 24 टेलिभिजन सँगको सुखद सहयात्राबाट विश्राम लिदैछौ। यो साथ,सहयोग र अवसारकालागि सम्पुर्ण news 24परिवार सहित अध्यक्ष आदरणीय अनिल जोशी ज्यु तथा निर्देशक अदिश जोशी ज्यु प्रति आभार व्यक्त गर्दछु। मलाई विश्वास गरि मार्गदर्शन समेत गर्नु हुने आदरणीय निर्मल राज पौडेल/निता पौडेल तथा सम्पुर्ण वेलकम ग्रुप प्रति विशेष आभार व्यक्त गर्दछु।”