Fursad Times मंगलबार, माघ ०६, २०७७

गायिका टीका प्रसाईं को माया लुकि लुकि ले बेग्लै रेकर्ड कायम गरेको छ ।सूमधुर स्वरकी धनी टीका प्रसाईंले मेहनत गरे एक दिन अबश्य सफल भइन्छ भन्ने कुरा प्रष्ट यो गीतमा देखाइन । २०१८ जुन ७ मा सार्वजनिक गीतले आजसम्म युट्युवमा १० करोड बढी भ्युज पाएको हो । यो नेपाली गीति एल्बमहरुको गीतमा सबैभन्दा धेरै भ्यूज बटुल्न सफल गीत बनेको छ ।

आनन्द अधिकारीको शब्द तथा आशिष अविरलको संगीत रहेको रहेको छ । यो गीत अनुसार नै यसको नृत्यका कारण पनि यसका दर्शक बढेको बताइन्छ । भिडियो सरोज अधिकारीले सुन्दर कोरियोग्राफी गरेर यो गीतमा सुनमा सुगन्ध गराएका छन् ।

गायिका प्रसाईले गीतबाट थुप्रै अवार्ड समेत हात पारेकी छन् । पहिलो गीत २०५८ सालमा ‘के गर्नु हो तिम्रो कसम’ बाट गायन यात्रा शुरु गरेकी गायिका प्रसाईले हाल चलचित्रका गीतमा पनि आफूलाई अब्बल रुपमा उभ्याएकी छन् ।