Fursad Times आइतबार, माघ ०४, २०७७

काठमाण्डौं, माघ ४ आइतबार । मीन कुमार अधिकारी को निर्माण तथा राजु लामा स्याङरुम, रोशन पोख्रेल र लक्ष्मी कुवर को सह निर्माणमा निमार्ण भएको नेपाली कथानक चलचित्र आरम्भको ” रिमझिम मौसम” वोलको भिडियो सार्वजनिक भएको छ जसमा गायिका नित्याशिवाको आवाज रहेको छ । शंकर अधिकारी घायलको लेखन र निर्देशनमा निर्माण भएको आरम्भ मुविको पहिलो गीतको भिडियो सार्वजनिक भएको छ । शंकर अधिकारी घायल को गीत, संगीत र भुपाल खालिङ्को एरेन्ज रहेको छ । कृष्ण पाण्डे को छायांकन डिके हमालको नृत्य देव महर्जन को द्वन्द र अन्जली थापाको सम्पादन रहेको छ । विशाल अग्रवाल र अमृता मगर को फिचरिङ मा ओएस आर डिजिटल बाट रिलिज भएको छ ।