Fursad Times शनिबार, पौष ११, २०७७

नेकपा बिभाजनले अन्तिम रुप लिँदै गर्दा सत्तारुढ भारतीय जनता पार्टीका पुर्व अध्यक्ष तथा त्यहाँका गृहमन्त्री अमित शाह नेपाल आउँनेे भएकाछन् ।

यद्यपि यसको औपचारिक पुष्टि हुन बाँकी नै छ । उता उनको नेपाल आउने सम्पुर्ण तयारी पूरा भएको भारतीय विदेश मन्त्रालय स्रोतले जनाएको छ ।

यहाँ आउँदा उनले प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापा बादलसहित सरकारका महत्त्वपूर्ण मन्त्रीहरूसङ्ग भेट्वार्ता गर्नेछन् । पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम रहेको श्रोतको दावी छ ।

भ्रमणकै क्रममा शाहले प्रधानमन्त्रीलाई आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तो हस्तान्तरण गर्नेसमेत योजना रहेको बताइएको छ ।