Fursad Times आइतबार, मंसिर ०७, २०७७

मुम्बइ। ड्रग्स केसमा पक्राउ परेकी कमेडियन भारती सिंह र उनका श्रीमान हर्ष लिम्बाचियालाई अदालतले न्यायिक हिरासतमा राख्न आदेश दिएको छ । दुवैलाई मुम्बइको किला कोर्टले न्यायिक हिरासतमा पठाएको हो ।

अदालतमा नारकोटिक्स कन्ट्रोल ब्यूरोले अनुसन्धान गर्न बाँकी रहेकोले दुवैलाई आफ्नो रिमाण्डमा पठाउन राख्न माग गरेको थियो । एनसीबीको मागलाई अस्वीकार गर्दै अदालतले दुवैलाई जेल पठाएको हो । उनीहरुलाई १४ दिनको लागि न्यायिक हिरासतमा राख्न आदेश दिइएको छ ।

दुवैले जमानतको लागि निवेदन दिएका छन् । यो निवेदनमाथि भोलि सुनुवाइ हुनेछ । ड्रग्स केसमा घण्टौं छापा मारेपछि एनसीबीले भारतीलाई शनिबार गिरफ्तार गरेको थियो । अबेर राती उनका पति हर्षलाई पनि पक्राउ गरियो । सोधपुछमा दुवैले गाँजा सेवन गरेको स्वीकारेका थिए ।                            भिडियो लिंक 👇️👇️👇️👇️👇️https://youtu.be/iu59nnKAP9k

https://youtu.be/iu59nnKAP9k