नारायण बस्नेत जलन शुक्रबार, कार्तिक २१, २०७७

उड्दै थियौ खुल्ला आकाशमा
चारो टिप्न नियाल्दै यस धर्तीमा
छरेर चारो हालेर विष आंगनमा
लियौ हाम्रो बचेरा सहितको प्राण

उड्ने पन्क्षी हा गर्दा भागी हाल्थ्यौ
अलि अलि खाने हो कहाँ फाल्थ्यौ
टिपेर चारो गुडमा नपुग्दै पछारियौ
लडिबुडी भुइमा एकनास मडारियौ

न बाच्न सकिन्छ न मर्न सकिन्छ
छट्पटीमा दिन कसरी काटिन्छ
पोल्छ छाती भतभती बिषादिले
बिगारी दियो संसार कुन पापिले

च्या च्या रुदै होलान ती बचेराहरु
आमा आउने आशामा बसेर गुड्मानारायण