नविन पन्त बिहिबार, पौष २५, २०८१

भक्तपुर। सहकारी बचत अपचलन मुद्दामा कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख धरौटी मागे पनि रास्वपा सभापति रवि लामिछाने तत्काल नछुट्ने भएका छन्। कास्कीको सूर्यदर्शन सहकारी संस्था ठगी आरोपमा लामिछानेलाई अदालतले धरौटी मागेको हो। लामिछानेले धरौटी रकम बुझाइसकेका छैनन्। प्रहरीले भने लामिछानेलाई तत्कालै काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने तयारी गरिरहेको छ। लामिछानेलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था ठगी गरेको आरोप लागेको छ। कास्की ज्लिला अदालतले धरौटीमा छोडन आदेश लिए लगतै लामिछानेलाई काठमाडौं लैजाने तयारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका एक प्रहरी अधिकृतले बताए। लामिछानेलाई काठमाडौं पछि पनि सहकारी ठगी गरेको अर्को स्थानमा लगिने छ। लामिछानेलाई चितवन, रुपन्देही र पर्सामा सहकारी ठगीको आरोप छ। ‘जहाँ-जहाँ पहिले बयान लिइएको छ, त्यहाँ त्यहाँ उहाँलाई उपस्थित गराइने बुझिएको छ ।