भक्तपुर – स्वास्थ्यमा समस्या देखिएपछि महाराजगञ्जस्थित टिचिङ अस्पताल भर्ना भएका बालगायक सचिन परियारको बिहीबार बिहान १० बजे निधन भएको हो। उनको स्वास्थ्यमा समस्या देखिएपछि सचिआई बुधबार अस्पताल भर्ना गरिएको थियो। छोराको निधनबारे उनका बुवा तेजेन्द्र परियारले पुष्टि गरेका छन्।
सचिनको स्वास्थ्य अवस्थामा समस्या आएको र उपचारको लागि रकम आवश्यकता भएको भन्दै उनको परिवारले आर्थिक सहयोगको मागसमेत गरेको थियो।
भाइरल बाल गायकका रुपमा परिचित सचिनले गाएका गीत समाजिक सञ्जालमा भाइरल छन्।
सचिनले महानयक राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका थिए। हास्य श्रृखला ‘मेरी बास्सै’मा पनि उनले अभिनय गरेका छन्।
‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायत उनका रुचाइएका गीत हुन्।