भक्तपुर – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि जघन्य आरोप लगाए पछि पक्राउ परेका छन्। प्रधानमन्त्रीलाई कम्बोडियामा अवैध रुपमा अरबौ रुपैयाँ लगानी गरेको आरोप लगाए पछि मंगलबार उनलाई भक्तपुरको निवासबाट केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको एसपी होबिन्द्र बोगटीले जानकारी दिए। ‘साइबर अपराध मुद्दामा उनलाई पक्राउ गरिएको हो,’ उनले भने।
प्रसाईंले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको साढे ३२ अर्ब लगानी रहेको भन्दै भिडिओ कलमार्फत कसैले देखाएको कागजात सार्वजनिक गरेका थिए।