नबिन पन्त सोमबार, आश्विन २१, २०८१

भक्तपुर – नेपाली सांगीतिक बजारमा बर्सेनि हजारौं गीतहरु निक्लने गर्दछ । त्यस्तै चाडपर्व लक्षित गीतहरु भने धेरै निस्कने गर्दछ र यी गीतहरु पनि कुनै चर्चाको शिखरमा पुग्छन भने कुनै आए गएको पत्तै हुन्न। हिन्दुहरुको महान चाड बडा दशै नजिकिदै गर्दा दशै लक्षित गीतहरु धेरै निस्किएका पनि छन ती मध्ये त्जोरै गीतहरुले मात्र चर्चा पाइहेको बेला हाल अमेरिका रहेका अभिनेता प्रजोल गीरी अभिनित गीत ” आयो रे आयो दशै आयो” बोलको गीतको कथा अहिलेको नेपालको परीपेक्षमा मिल्दो जुल्दो छ । धन कमाउन बिदेश गएको छोरा आफ्नो बुवा , आमा र श्रीमती अनि गाउँघर सम्झेर परदेशमा नै साथिभाईहरु सङ्ग दशैमा मनमा पीडा बोकेर दशैमा रमाएको गीतले देखाउन खोजेको छ ।

नेपाल र अमेरिकामा छायांकन गरिएको यस गीतलाई सन्देश शाहले निर्देशन तथा सम्पादन गरेका छन । प्रजोल गीरी ,कृष्ण कोईराला ,किशोर खतिवडा , प्राप्ती पौडेल,जिबि चिरन , कमल देबकोटा लागयताको अभिनय रहेको यश गीतमा हिमाल सागर र अनु चौधरीको आवाज रहेको छ भने संगीत दिल कृष्ण श्रेष्ठले भरेका छन। आरोही फिल्म्स , वाईड क्यानभास प्रोडक्सन र मेन इन हलिउडको प्रस्तुतीमा निर्माण भएको यस गीतलाई प्रजोल गीरी अफिसिएल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।