नबिन पन्त बुधबार, आश्विन १६, २०८१

भक्तपुर – अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसिसी) ले बुधवार जारी गरेको नयाँ वरियतामा दीपेन्द्रसिंह ऎरीले ऐतिहासिक छलाङ मारेका हुन् । विश्व वरियतामा ४ स्थान सुधार गर्दै ऎरी दोस्रो स्थानमा उक्लेका हुन् । दीपेन्द्र इङ्ग्ल्यान्डका क्रिकेटर लियम लिविगंस्टोन भन्दा मात्र पछि रहेका छन् । यसअघि दीपेन्द्र छैटौं स्थानमा थिए। दीपेन्द्र २ सय ३० को रेटिङमा रहँदा लिविगंस्टोनको २ सय ५३ रहेको छ । अलराउन्ड तर्फ नै गुलशन झाको ११ स्थान सुधार हुँदा कुशल भुर्तेल ६ स्थान सुधार गर्दै ६०औं स्थानमा छन् ।

ब्याटिङ तर्फको वरियतामा २ स्थान सुधार गर्दै दीपेन्द्र ४३औं स्थानमा छन् । टि ट्वान्टी टिम वरियतामा भने नेपाल १७औं स्थानमा कायमै रहेको छ ।