नबिन पन्त शुक्रबार, आश्विन ११, २०८१

भक्तपर– मणिलिङेस्वर फिल्म हाउसको ब्यानरमा नबराज अधिकारीको प्रस्तुती इस्वरी प्रसाद अधिकारीको निर्माण अनि शंकर अधिकारी घायलको लेखन र निर्देशन रहेको हास्यब्यङ्य सिरियल अब प्रदर्शन भएको छ । नबराज अधिकारी , इस्वरी अधिकारी , मेनुका माझी, सन्ध्या गौतम , डा प्रकाश पोखरेल (प्रनिस) सुनिता ढुङ्गाना, पासाङ तामाङ, चित्र कुमार गौतमको मुख्य भुमिका रहेको सुन्तलीको पोइलाई सन्तोष पराजुलीले छायांकन गरेका हुन् । सिरियलम मदन न्यौपानेको श्रृङ्गार ,मनिष कार्कीको सम्पादन देख्न सकिन्छ । शंकर अधिकारी घायलको लेखनर निर्देशन रहेको सुन्तलीको पोइ सिरियलको दोस्रो भाग रिलिज भएको छ । समाजमा विद्यमान रहेका कुसङती, बिसङगती अनि समाजमा घटेका सत्य घटनाहरुलाई क्रमशः समेट्दै जाने लक्ष्य सहित सुन्तलीको पोइ सिरियल रिलिज गरिएको जानकारी निर्माण पक्षले दिएको छ ।