नबिन पन्त शुक्रबार, भाद्र ०७, २०८१

भक्तपुर – तनहुँको आँबुखैरेनीनजिकै ऐना पहराबाट मर्स्याङ्दी नदीमा यात्रुवहाक बस खसेको छ। शुक्रबार बिहान साढे ११ बजे आबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहरास्थित सडकबाट बस मर्स्याङ्दी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिएका छन।
प्रहरीको जानकारी अनुसार घटनास्थलमा आँबुखैरेनीको प्रहरी टोली पुगि सकेको र डोरीको मद्दतले उद्धार गर्न थालिएको एसपी शाहीले बताएका छन । जिल्लाका डिएसपी दीपककुमार रायका अनुसार भारतीय नम्बर प्लेटको बस दुर्घटनामा परेको हो। युपी ५३ एफटी ७६२३ नम्बरको बस पोखराबाट काठमाडौं आउँदै गरेको खुलेको छ। बसमा अन्दाजी ४० जना रहेको उनले बताए।