नबिन पन्त बिहिबार, भाद्र ०६, २०८१

भक्तपुर । अभिनेता विपिन कार्कीलाई मातृशोक परेको छ । उनकी आमा उपचारको क्रममा विहिबार बिहान ६ बजे पाटन अस्पतालमा निधन भएको छ । अभिनेता कार्कीले दिएको जानकारीअनुसार दीर्घरोगबाट पीडित आमाको ४ दिनदेखि भेन्टिलेटरमा राखेर आमाको उपचार गरिँदै आएको थियो ।

उनलाई पछिल्लो समय फोक्सोमा पानी जम्ने र मस्तिकष्मा समस्या देखिएको थियो । बिपिनकी आमाको पार्थिव शरिरलाई आज बिहान १० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । आमा बिरामी भएपछि बिपिन पछिल्लो फिल्म ‘ऊनको स्वीटर’को छायांकन बीचमै छाडेर काठमाडौं आएका थिए । अभिनेता कार्कीको आज जन्मदिन पनि हो ।