नविन पन्त बुधबार, भाद्र ०५, २०८१

नित्याशिवाको स्वर तथा बिरेन्द्र कोइरालाको प्रस्तुति रहेको बाबा आमा मेरो भगवान बोलको गीत नित्याशिवा युटुब च्यानल बाट रिलिज गरिएको छ । यो संसारमा आमा बाबा भन्दा ठूलो कोहि हुन्न भन्ने मुल आसयमा तयार भएको गीतमा शंकर अधिकारी घायलको शब्द, बिकाश चौधरीको संगीत, नित्याशिवाको स्वर सन्जय हमालको संगीत सम्योजन रहेको छ भने । ए लेभल स्टुडियोमा रेकर्ड गरिएको गीत लाई अजय अधिकारीले रेकर्डिङ गरेकाछन भने मिक्सिङ र मास्टरिङ गोबिन्द सोनिले गरेका हुन । सन्तोष पराजुलीको छायांकन मदन न्यौपानेको शृङार रहेको भिडियो लाई प्रेम शर्मा पौडेलले सम्पादन गरेकाछन । सुनिता कटुवाल कोइराला , बिशुका कोइराला र रिशुका कोइरालाको निर्माण रहेको गीतमा शंकर अधिकारी घायल, मोहन गमाल, चन्द्रबहादुर कटुवाल , माया कटुवाल , नित्याशिवा र बालकलाकार दिपशिका कोइरालाको अभिनय रहेको भिडियो लाई शंकर अधिकारी घायलले निर्देशन गरेका छन । बाबा आमा समर्पित रहेको यो गीत बुवाको मुख हेर्ने दिनको लागि विशेष रुपले तयार गरिएको छ।