नविन पन्त शुक्रबार, साउन ३२, २०८१

भक्तपुर। गायिका शान्तीश्री परियारको स्वरमा मोडल पुष्कर राउतको अभिनय रहेको गीत ‘जवानीले पोल्यो’को भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा तुला आर लामिछानेको शब्द, पवन परियारको संगीत तथा एरेन्ज रहेको छ । तुला आर लामिछानेले नै निर्माण गरेको भिडियोमा सञ्चिता बोलखे र पुष्कर राउत फिचर्ड छन् । जवानी र मायाको कुरा गरिएको गीतमा सञ्चितालाई निकै ग्ल्यामर रुपमा प्रस्तुत गरिएको छ । सुरेश पाण्डेको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा कमल भक्तको सहायक कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, उमेश थापा मगरको सहायक सम्पादन, प्रविण ढकालको कलर, प्रिया नगरकोटी पाण्डेको हेयर र मेकअप र दिव्यराज सुवेदीको छायांकन छ । भिडियो टीआर सिरिज युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।