नविन पन्त सोमबार, साउन २८, २०८१

आयान अधिकारीको प्रस्तुतिमा सुपक अधिकारीको कन्सेप्ट र गीत रिमेस कुमार थापाको संगीत नित्याशिवा र शान्तिश्री परियारको स्वरमा स्मारिका ढकाल र दिपा शाहिको अभिनय रहेको गीतको भिडियो सुपक अधिकारी युटुब च्यानल बाट रिलिज गरिएकोछ, समाजमा बिधमान रहेको लिंग बिभेदको समस्या लाई यो भिडियोमा उठान गरिएकोछ यो लिंग विभेद किन र कहिले सम्म भन्ने मुल नारा गीतले प्रस्तुत गरेको छ। सुपक अधिकारीको कन्सेप्ट र गीत रहेको भिडियोमा चक्र बहादुर बरालको छायांकन ,मदन न्यौपानेको श्रृङ्गार सियोन श्रेष्ठको नृत्य सन्तोष पराजुलीको प्रोडक्सन सिलन लम्सालको सम्पादन रहेको भिडियो लाई शंकर अधिकारी घायल निर्देशन गरेकाछन।