Fursad Times बिहिबार, साउन २४, २०८१

भक्तपुर। निर्देशक दिवाकर भट्टराईको निर्देशनमा अभिनेता राजेश हमालले पुनरागमन गर्न लागेको फिल्मको नाम ‘नरसिंहा अवतार’ तय भएको छ । ‘टाइटल लोगो’ सार्वजनिक गर्दै मेकरले यसबारे जानकारी गराएका छन । सोसल-एक्सन ड्रामामा तयार हुने फिल्ममा अभिनेता हमालको शीर्ष भूमिका हुनेछ । शनिबार हमालले फिल्मसँग औपचारिक समझदारी गरेका छन् । यो फिल्ममा हमालबाहेक अन्य कलाकारबारे जानकारी दिइएको छैन । लामो अन्तरालपछि हमालले यो फिल्मबाट कमब्याक गर्दैछन् । निर्देशक भट्टराईले नयाँ लुक्स र पात्रमा हमाललाई फर्काउने दाबी गरेका छन् ।