नविन पन्त बुधबार, साउन २३, २०८१

भक्तपुर। काभा महिला भलिबल नेसन्स लिगको उपाधि नेपाललाई ३ –२ ले हराउँदै भारतले जितेको छ। बुधबार भएको फाइनल खेलमा घरेलु टोली नेपाललाई हराउँदै भारतले उपाधि जितेको हो। पहिलो सेटमा २५–२३ ले विजयी भएको नेपाल दोस्रो सेटमा १४–२५ ले पराजित भएको थियो। तेस्रो सेट भने नेपालले २५–२२ ले जितेको थियो। त्यसपछि भने लगातार दुई सेटमा पराजित हुँदै नेपालले उप विजेतामा नै चित्त बुझाउनु बाध्य भयो। त्यस्तै इरानले आजै सम्पन्न तेस्रो स्थानको खेलमा श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ। पाँच देशले भाग लिएको यस प्रतियोगितामा श्रीलंका चौथो भएको छ भने माल्दिभ्स लिग चरणबाट बाहिरिएको थियो।