Fursad Times सोमबार, साउन २१, २०८१

भक्तपुर – लाली गुराँस साहित्य प्रतिष्ठानद्वारा वरिष्ठ साहित्यकार डा. दुबसु क्षेत्रीलाई पारिजात साहित्य साधना गुराँसले सम्मान गर्ने भएको छ । श्रावन २१  गते लाली गुराँस साहित्य प्रतिष्ठानका अध्यक्ष साहित्यकार रन्जुश्री पराजुलीको अध्यक्षतामा बसेको बैठकले एक बिज्ञप्ती निकाल्दै साहित्यकार क्षेत्रीलाई समान गर्ने निर्णय गरेको हो । संस्थाले निकालेको    विज्ञप्ति यस्तो छ ।

प्रेस विज्ञप्ति

लाली गुराँस साहित्य प्रतिष्ठानका अध्यक्ष साहित्यकार रन्जुश्री पराजुलीको अध्यक्षतामा आज मिति २०८१ साउन २१ गते बसेको बैठकले चार दशक देखि ( उत्कृष्ट नेपाली काव्य ) कविता, गीत, गजल र मुक्तकका सिर्जनाद्वारा नेपाली साहित्यलाई सार्थक, समृद्ध र समुन्नत बनाउन र नेपाल बाहिर नेपाली भाषा साहित्यको प्रचार प्रसार एवं संरक्षण , संवर्धन गर्न अतुलनीय योगदान गर्नु हुने वरिष्ठ साहित्यकार डा दुबसु क्षेत्रिलाई
हरेक ३ वर्षमा प्रदान गरिने पारिजात साहित्य साधना गुराँस सम्मान २०८१ समर्पण गर्ने निर्णय गरेको छ। यसमा सम्मापत्रका साथमा ५१,१११ (एकाउन्ट हजार एक सय एघार ) नगद राशि रहेको छ।

सदस्य- सचिव
पवन पोखरेल