नविन पन्त शुक्रबार, साउन ०४, २०८१

भक्तपुर – ओपनर सम्झना खड्काको सानदार ब्याटिङ प्रदर्शनमा नेपालले एसीसी महिला एसिया कप इतिहासकै पहिलो जित हासिल गरेको छ । शुक्रबार श्रीलंकाको दम्बुलामा भएको समुह चरणको पहिलो खेलमा नेपालले यूएईमाथि ६ विकेटको जित दर्ता गर्दै सन् २०२४ संस्करणमा विजयी सुरुवात गरेको हो । यूएईले दिएको १ सय १६ रनको लक्ष्य नेपालले ४ विकेट गुमाउँदै १७ औं ओभरमा पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सानदार ब्याटिङ गर्दै ४५ बलमा ११ चौका प्रहार गरि ७२ रनको अविजित योगदान दिइन् । करिअरको पहिला अन्तर्राष्ट्रिय अर्धशतक प्रहार गर्ने क्रममा सम्झनाले ३५ बलमा अर्धशतक पूरा गरेकी थिइन् । पुजा महतो ७ रनमा नटआउट रहिन् । नेपालका लागि सिता रानामगरले ७, कविता कुँवरले २ तथा इन्दु वर्माले ६ रन जोडिन् । रुविना १० रन जोडेर पेभेलियन फर्कीएकी थिइन