नविन पन्त सोमबार, आषाढ ३२, २०८१

गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुहरु खोज्ने क्रममा अहिलेसम्म ११ वटा शव भेटिएको प्रहरीले जानकारी दिएको छ । यी शवहरु पहिरोमा परेर त्रिशुलीमा बेपत्ता भएका बसकै रहेको अनुमान प्रहरीले गरेको छ । अहिलेसम्म पाँच जनाको सनाखत भएको छ भने ६ जनाको सनाखत हुन बाँकी रहेको छ । काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–००१ ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ आइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा शुक्रबार बिहान ३ बजेको समयमा त्रिशूलीमा बगेका थिए । वीरगंजबाट काठामाडौँतर्फ गइरहेको बसमा ३८ जना र गौरतर्फ गइरहेको बसमा २७ जना बेपत्ता भएका थिए । तीन जना सकुसल बच्न सफल भएका थिए भने ६२ जना बेपत्ता भएका थिए । अहिलेसम्म पनि दुबै बसको बारेमा केहि पत्ता लाग्न सकेको छैन । बस र यात्रुको त्रिशुली नदीमा खोजीकार्य जारी रहेको छ ।