नविन पन्त आइतबार, आषाढ ३१, २०८१

भक्तपुर। एमाले अध्यक्ष केपी ओली चौथो पटक प्रधानमन्त्रीमा नियुक्त भएका छन्। प्रतिनिधिसभाको दुईवटा प्रमुख दल कांग्रेस र एमालेका सांसदको समर्थनमा संविधानको धारा ७६ २ अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई मुलुकको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । राष्ट्रपति कार्यालयले नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ ग्रहण समारोह भोलि बिहान ११ बजेका लागि आयोजना गरेको छ। ओली २४ असोज २०७२ मा पहिलोपल्ट प्रधानमन्त्री निर्वाचित भएका थिए । व्यवस्थापिका संसद्मा ५९७ सदस्यमध्ये ओलीले ३३८ मत प्राप्त गरेका थिए ।