नविन पन्त शुक्रबार, आषाढ २९, २०८१

भक्तपुर -नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत सिमलटारमा पहिरोका कारण त्रिशूली नदीमा खसेका दुइटा बस र यात्रुको खोजी कार्य जारी छ । गएराति साढे ३ बजे भरतपुर महानगरपालिक-२१ सिमलतटरमा सडकमाथिबाट खसेको पहिरोसँगै दुइटा बस त्रिशूली नदीमा खसेका थिए। काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स लेखेको बस र वीरगन्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको यात्रुवाहक बसहरु त्रिशूलीमा खसेको थियो। चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्माले बताए अनुसार एउटा बसमा ४२ र अर्कोमा २४ जना यात्रु सवार थिए। घटना भएको स्थलमा तीनवटै सुरक्षा निकायका ७५ जना भन्दा बढी टोली खटिएको छ। अहिले त्रिशूलीमा खसेको बस खोज्नका लागि सुरक्षाकर्मीको टोली नदीमा डुंगासहित परिचालन गरिएको छ। उक्त खबर पछि एसपी, ‍डिएसपी, लगायतको कमाण्डमा ७५ जनाको टोली घटनास्थलमा खटिएका छन्।