नविन पन्त शुक्रबार, आषाढ २९, २०८१

भक्तपुर । गए रातिको पहिरोमा परी कास्कीका विभिन्न स्थानमा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । गए रातिको पहिरोमा परि पोखरा महानगरपालिकामा १० र मादी गाउँपालिकामा एक जनाको मृत्यु भएको हो । पोखरा –३२ चैनपुरस्थित बाह्रबिसेमा पहिरोको कारण तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने पोखरा –१९ पुरुनचौर तल्लाकोटका कुलबहादुर परियारको घर पहिरोमा पुरिँदा सात जनाको मृत्यु भएको हो । यसै गरि मादी गाउँपालिका–११ ताप्लेमा पहिरोमा परी बेपत्ता भएकी ८० वर्षीया माइतीकुमारी गुरुङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक बसन्तकुमार शर्माले जानकारी दिए ।