नविन पन्त मंगलबार, आषाढ १९, २०८१

भक्तपुर। नेकपा एमालेले आज दिउँसो ३ बजे सचिवालय बैठक बोलाएको छ । नेपाली कांग्रेससँगको सत्ता समीकरणलगायतका विषयमा छलफल गर्न एमाले सचिवालय बैठक बस्न लागेको हो । नेकपा एमाले यस अघि भएको नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग सत्ता साझेदारीमा अघि बढेको छ । सोमबार मध्यरात मुलुकका दुई ठूला दल कांग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने लगायतका विषयमा समझदारी गरेका छन् । यद्यपि समझदारी पत्र सार्वजनिक भएको छैन । यही विषयमा छलफल गर्न आजै नेपाली कांग्रेसले पदाधिकारी बैठक र रास्वपाले सचिवालय बैठक बोलाएका छन् ।