नविन पन्त बुधबार, जेठ ३०, २०८१

भक्तपुर- वर्षाका कारण आइसिसी टी २० विश्वकप २०२४ अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल रद्द भएको छ। अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रंगशाला क्षेत्रमा दिनभर वर्षा भएको थियो। विहानदेखि सुरू भएको बर्षा ७ः४५ मा भने रोकिएको भएता पनि सवा आठ बजेदेखि फेरि वर्षा भएपछि मैदानको आउटफिल्डमा पानी जमेको कारण मुख्य पीच छोपिए पनि रनिङ क्षेत्र वर्षातका कारण भिजेको थियोजसले गर्दा नेपाल श्रीलंकाबीचको खेल द्ददा हुन पुग्यो । यससँगै नेपाल र श्रीलंकाले एक एक अंक पाउँदा लगातार दुई खेलमा पराजित श्रीलंका भने बाहिरिएको छ। अब नेपालले सेन्ट भिसेन्टमा दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्नेछ। दुवै टिमलाई हराए मात्र नेपाल सुपर ८ मा पुग्नेछ।